काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाले स्वास्थ्य तथा आकस्मिक सेवा बाहेकका सेवा बन्द हुने भएको छ । प्रमुख प्रशासकीय अधिकृत महानदास लामाले एक सूचना जारी गर्दै कार्यालयबाट दिने सेवा बन्द गरिएको जनाएको छ ।
‘प्रस्तुत सम्बन्धमा कोभिड–१९ तीब्र रुपमा फैलिरहेको कारणले यस गाउँपालिकामा कार्यरत अधिकांश कर्मचारीहरु र समुदाय स्तरका नागरिकहरु समेत कोरोना भाइरसबाट संक्रमित भई सार्वजनिक जनजीवनमा समेत अति प्रभावित हुन सक्ने देखिएकोले मिति २०७८/१०/०५ गतेदेखि मिति २०७८/१०/११ गते सम्मको लागि यस गाउँ कार्यपालिकाको कार्यालयबाट सम्पादन हुने स्वास्थ्य तथा आकस्मिक सेवा बाहेकका अन्य प्रशासनिक काम कारवाहीहरु बन्द गरिने ब्यहोरा यस गाउँपालिकाको मिति २०७८/१०/०४ गतेको निर्णय अनुसार सर्वसाधारणको जानकारीको लागि यो सूचना सार्वजनिक गरिएको छ ।’ सूचनामा भनिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















