काभ्रे प्रहरीले च्यासिङखर्कका एन्जल तामाङको हत्यामा अदालतबाट दोषी ठहर भएका फौदे भनिने पोते तामाङ पक्राउ गरेको छ । काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नं. ४ २५ वर्षिय तामाङलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पोतेले २०६९ कात्तिक ८ गते चलालगणेशस्थान गाविस वडा नम्बर २ मा रहेको गणेश निम्न माध्यामिक बिद्यालयको सांस्कृतिक कार्यक्रममा एन्जल तामाङलाई धारिलो हतियार छुरा, लाठ्ठी मुक्का प्रहार गरी हत्या गरेका थिए ।
उक्त कार्यक्रम हेर्न साविकको च्यासिंखर्क गाविस वडा नम्बर ९ बाट आएका मानिसहरु र चलालगणेशस्थान गाविस वडा नम्बर ३ का मानिसबीच झडप भएको थियो । सोहि झडपमा १८ बर्षीय एन्जल तामाङको ज्यान गएको थियो । पोते तामाङ विरुद्ध ईलाका प्रहरी कार्यालय बनेपाले आवश्यक अनुसन्धान पश्चात अभियोग पत्रसाथ जिल्ला अदालत काभ्रेमा मुद्दा दर्ता गरेको थियो ।
पोतेको नाममा अदालतले २०७४ असार १४ गतेको २० वर्ष कैद सजाँय हुने फैसला सुनाएको थियो । त्यसपछि पोते फरार रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















