काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा जारी गरिएको आदेश
विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको नोबेल कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्ट ओमिक्रोनसहितको सङ्क्रमण बढिरहेको सन्दर्भमा सोको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट मन्त्रिपरिषद्को मिति २०७८।०६।३० गतेको निर्णयानुसार जारी ३६ बुदे आदेश, संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) ले दिएको अधिकार प्रयोग गरी काभ्रेपलाञ्चोक जिल्लाभरि मिति २०७८।१०।०५ गते राति १२:०० बजेबाट अर्को आदेश जारी नभएसम्म लागू हुने गरी देहायअनुसार आदेश जारी गरिएको छ । यस आदेशको अवहेलना तथा बर्खिलाप हुने गरी कहाँ कसैबाट कार्य भएमा प्रचलित कानूनबमोजिम कारवाही हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
देहाय
१. सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने अन्य क्रियाकलापहरु मिति २०७८ माघ मसान्तसम्म सञ्चालन नगर्ने ।
२. गोष्ठी, सेमिनार, समीक्षा, बैठकजस्ता क्रियाकलापहरु सञ्चालन गर्दा भर्चुअल माध्यमबाट सञ्चालन गर्ने । भौतिकरुपमा उपस्थित भई गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नेगरी बढीमा २५ जनामात्र सहभागी हुने गरी सञ्चालन गर्ने । साथै मिति २०७८ माघ ७ गतेपश्चात खोपको पूरा मात्रा लगाएका व्यक्तिहरुमात्र उपस्थित हुने गरी गर्ने ।
३. सिनेमा हल, क्लव, हेल्थ क्लव, जिमखाना, स्वीमिङपुल, फुटसल, पटके हाटबजार र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम मिति २०७८ माघ १५ गतेसम्म सञ्चालन नगर्ने, नगराउने ।
४. विश्वविद्यालय, विद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन गर्दा मिति २०७८ माघ १५ गतेसम्म भौतिक उपस्थितिमा नगरी भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइविधिहरु अपनाई सञ्चालन गर्ने ।
५. विद्यालय, कलेजका पूर्वनिर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, वैदेशिक रोजगारी र अध्ययनका लागि सञ्चालन गरिने विदेशी भाषा परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्ने ।
६. मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिकस्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गरी मिति २०७८ माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थनामात्र गर्ने, गराउने ।
७. यही माघ ७ गतेदेखि जिल्लाभित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोपकार्ड (मोबाइलमा फोटो भएपनि हुने) अनिवार्य गर्ने ।
८. डिपार्टमेन्ट स्टोर र अन्य प्रकारका पसल एक पटकमा २५ जनाभन्दा बढी नहुने, कुनै पनि सामान अनावश्यक रुपमा नछुने, दुई व्यक्तिको बीचमा कम्तीमा २ मिटरको दूरी कायम गर्ने, मास्क अनिवार्य गर्ने, पटक-पटक साबुनपानीले हात धुने वा सेनिटाइज गर्ने गरी सञ्चालन गर्ने स्थानमा जनस्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्ने गराउने दायित्व सम्बन्धित व्यवस्थापक वा सञ्चालकको हुने ।
९. पार्टी प्यालेसमा एक पटकमा कूल क्षमताको बढीमा एक तिहाईमा नबढ्ने गरी बढीमा ५० जनामात्र उपस्थित रहने तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीबाट पूर्व स्वीकृति लिई विवाह, ब्रतबन्ध, न्वारन तथा पास्नीजस्ता धार्मिक, सांस्कृतिक, सामाजिक वा अन्य कार्यक्रम सञ्चालन गर्ने ।
१०. धार्मिक वा सांस्कृतिक जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, व्रतबन्ध, धार्मिक अनुष्ठान, मृत्यु संस्कार लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्दा ५० जनाभन्दा बढी नहुने र जनस्वास्थ्यको मापदण्डको पालना हुने गरी मात्र सञ्चालन गर्ने ।
११. माथि उल्लेख भएबाहेकका एक पटकमा २५ जनाभन्दा बढी जम्मा हुने क्रियाकलाप सञ्चालन गर्नुपरेमा प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृतिमा जनस्वास्थ्यका मापदण्डलगायत तोकेका मापदण्ड पालना गर्नेगरी प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिएर मात्र सञ्चालन गर्ने ।
१२. सार्वजनिक यातायात सञ्चालन सम्बन्धमा देहायबमोजिम गर्नेः
क. सिट क्षमता भन्दा बढी यात्रु नराख्ने,
ख. सबै यात्रुलाई मास्क अनिवार्य गर्ने,
ग. सवारी साधनको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्ने,
घ. चालक तथा सहचालकले मास्क र फेस-सिल्ड लगाउनु पर्ने,
ङ. सवारी साधनलाई दैनिकरुपमा डिस्इन्फेक्ट गर्नुपर्ने,
च. सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा ५ रुपैयाँ लिई मास्क उपलब्ध गराउनु पर्ने ।
छ. मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिने,
ज. लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी शुरु गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुहरुको विवरण जिल्ला कोभिड-१५ संकट व्यवस्थापन केन्द्र (DCMC) लाई उपलब्ध गराउने ।
झ. लामो दूरीमा चल्ने सार्वजनिक यातायातका यात्रुहरुलाई सम्भव भएसम्म एन्टिजिन परीक्षण गर्ने व्यवस्था मिलाउने ।
१३. कार्यालय र पसलजस्ता सार्वजनिक स्थलमा सेनिटाइजर र मास्कको प्रयोग अनिवार्य गर्ने । कुनै व्यक्तिले मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा ५ रुपैयाँ लिई मास्क उपलब्ध गराउने । मास्क नलगाउने व्यक्तिलाई कार्यालय तथा पसलमा प्रवेश गर्न नदिने ।
१४. होटल तथा रेष्टुरेण्टले देहायबमोजिमका मापदण्ड पालना गरी सेवा दिनेः
क. होटेल तथा रेष्टुरेण्टका कामदारले अनिवार्यरुपमा मास्क, फेस-सिल्ड र पञ्जा लगाउने,
ख. होटेल तथा रेष्टुरेण्टमा प्रवेश गर्ने सबै सेवाग्राहीलाई मास्क अनिवार्य गर्ने,
ग. कूल क्षमताको आधाभन्दा बढी नहुने गरी कम्तीमा २ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने,
घ. सेनिटाइजरको व्यवस्था गर्नुपर्ने,
ङ. होटेल तथा रेष्टुरेण्टलाई नियमितरुपमा डिस्इन्फेक्ट गर्नुपर्ने,
च. होटेल तथा रेष्टुरेण्टमा कुनै सेवाग्राही मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा ५ रुपैयाँ लिई मास्क उपलब्ध गराउनु पर्ने र मास्क नलगाउने व्यक्तिलाई होटेल तथा रेष्टुरेण्टमा प्रवेश गर्न नदिने,
छ. होटेलले चेक-ईन गर्दाको अवस्थामा चेक-ईन गरेको २४ घण्टाभित्र आफ्नो होटेलमा बास बस्ने प्रत्येक ग्राहकको एन्टिजिन परीक्षण गर्ने, त्यसपछि प्रत्येक ७२ घण्टामा एन्टिजिन परीक्षण गर्ने र सोको विवरण DCMC लाई उपलब्ध गराउने ।
ज. मिति २०७४ साल माघ ७ गतेपछि खोपको पूर्ण मात्रा लगाएका सेवाग्राहीलाई मात्र खोपकार्डको आधारमा होटेल तथा रेष्टुरेण्टमा प्रवेश गर्न दिने ।
१५. राष्ट्रिय राजमार्गहरुमा सञ्चालित होटेल तथा रेष्टुरेण्टहरुले बँदा नं. १४ को खण्ड (ज) बाहेकका जनस्वास्थ्यका अन्य मापदण्डहरु पालना गरी भिडभाड नहुने व्यवस्था मिलाई आलोपालो गरी सेवा दिने ।
१६. सबै प्रकारका व्यवसायहरुको अग्रपक्तिको काउण्टरमा रही काम गर्ने र ग्राहकहरुलाई नियमित सेवा दिने कर्मचारीको सम्बन्धित निकाय वा संस्थाले हप्ताको २ पटक एन्टिजिन परीक्षण गराई रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई मात्र काममा खटाउने ।
१७. जनसकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड-१५ को लक्षण देखिएमा अनिवार्य रुपमा ५ दिन क्वारेन्टिनमा बस्ने र ५ दिनपछि कोभिड-१५ परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्र काममा आउने ।
१८. सार्वजनिक तथा निजी सेवाप्रदायकले सम्भव भएसम्म विद्युतीय प्रणालीमार्फत् सेवा प्रदान गर्ने व्यवस्था मिलाउने ।
१९. नियमितरुपमा सञ्चालन हुनुपर्ने स्वास्थ सेवाहरु जनस्वास्थ्यका मापदण्ड पालना गरी नियमित सञ्चालन गर्ने ।
२०. कोभिड-१९ को रोकथाम, नियन्त्रण, उपचार र निगरानीका लागि आम नागरिकले देहायबमोजिम गर्ने:
क जनस्वास्थका मापदण्डको पूर्णरुपमा पालना गर्ने,
ख. घर बाहिर निस्कँदा अनिवार्यरुपमा मास्कको प्रयोग गर्ने, प्रयोग गरिएका बिसर्जन गर्नुपर्ने मास्क बन्द डस्टविन वा प्लाष्टिक झोलामा बन्द गरी सुरक्षितसाथ राखी ५ दिनपछि मात्र विसर्जन गर्ने,
ग. घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्ने र प्रयोग गरेका मास्क नफाल्ने,
घ. विदेशबाट नेपाल आउँदा वा निकट सम्पर्कमा रही कन्ट्याक्ट ट्रेसिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ भएता पनि कम्तीमा ५ दिन होम क्वारन्टिनमा अनिवार्यरुपमा बस्ने,
ङ. पिसिआर परीक्षणका लागि प्रयोगशालामा स्वाब दिएपछि नतिजा नआएसम्म बाहिर हिँडडुल, भेटघाट र बैठक नगर्ने, च. स्थानीय तहमा क्वारेन्टिन र आइसोलेशनमा बसेका व्यक्तिलाई सक्दो सहयोग गर्ने,
छ. कुनै व्यक्तिले जनस्वास्थका मापदण्ड पालना नगरेमा स्थानीय तह, स्थानीय प्रशासन, स्वास्थ्य संस्था, टोल सुधार समिति, उपभोक्ता समिति वा सम्बद्ध अन्य निकाय वा संस्थालाई यथाशिघ्र जानकारी गराउने,
ज. होम आइसोलेशमा बसेका व्यक्ति स्वास्थ्यकर्मीको नियमित सम्पर्कमा रहने र स्वास्थ्य सम्बन्धी कुनै समस्या भएमा तुरुन्त नजिकको अस्पतालमा जाने र
झ. नेपाल सरकारले तोकेबमोजिम कोभिड-१५ विरुद्धको खोप लगाउने ।
२१. यस आदेशमा उल्लेख भएबाहेकका अन्य सेवा वा कार्यसँग सम्बन्धित निकाय, सार्वजनिक, निजी, गैरसरकारी संघसंस्था, कलकारखानाले त्यस्तो सेवा वा कार्यसञ्चालन गर्दा गराउँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्नु गराउनु पर्ने ।
२२. संस्थाको साधारणसभा वा बैठकमा भर्चुअल र भौतिक उपस्थितिलाई समेत गणपूरक संख्या मान्ने ।
२३. कोभिड-१५ को रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि नेपाल सरकारबाट भएको निर्णय र यस आदेशको पालना गराउन सबै राजनैतिक दल, स्थानीय तह, निजी क्षेत्र, नागरिक समाज, गैरसरकारी संस्था, सञ्चार जगत र आम नागरिक सबैलाई आवश्यक सहयोग, समन्वय र सहजीकरणको लागि अनुरोध छ ।
२४. कोभिड-१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि नेपाल सरकारबाट भएको निर्णयमा जिम्मेवारी तोकिएका निकायको कार्यसम्पादनमा आवश्यक सहयोग, सहजीकरण तथा अनुगमन गरिनेछ ।
२५. यस आदेशमा लेखिएभन्दा भिन्न कुनै आकस्मिक परिस्थिति सिर्जना भएमा नजिकको सुरक्षा निकाय वा सोको एकाइमा जानकारी गराउने ।
२६. यस आदेशको पालना गर्नु सबैको कर्तव्य हुनेछ । यस आदेशको अवज्ञा गर्ने वा आदेश कार्यान्वयनमा बाधा पुयाउने व्यक्ति तथा संस्थालाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही र सजाय हुनेछ ।
मितिः २०७८।१०।०५
(हुमकला पाण्डे)
प्रमुख जिल्ला अधिकारी
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















