कोभिड-१९ संक्रमण बढिरहेको बेला काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकाको अस्पतालमा अक्सिजन प्लान्ट जडान सम्पन्न भएको छ । जनस्तरबाट अक्सिजन प्लाण्ट निर्माण गर्ने गाउँपालिकाको योजना अनुसार प्लान्ट जडन सम्पन्न भएको हो ।
अक्सिजन प्लाण्ट जडान भईसकेको र परीक्षण एवं अन्तिम कार्यसम्पन्नताको अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष दिननाथ गौतमले जानकारी दिएका छन् । ‘चौंरीदेउराली गाउँपालिकाको कार्यालयको आह्वानमा चौंरीदेउरालीलाई माया गर्ने चौंरीदेउरालीबासी र अन्य सहयोगी दाताहरूको संयुक्त प्रयासमा चौंरीदेउरालीको अस्पतालमा करोना कहरको बीच जनस्तरबाट अक्सिजन प्लाण्ट जडान भईसकेको र परीक्षण एवं अन्तिम कार्यसम्पन्नताको अन्तिम चरणमा पुगेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउदछौं।’ अध्यक्ष गौतमले भने, ‘न्यूनतम 95% Oxygen purity भएको न्यूनतम 10Nm3/hr क्षमताको अन्तराष्ट्रिय स्तरको Branded अक्सिजन प्लाण्टको सम्पूर्ण प्रणालीको ठेक्का सम्झौता करिब रु १ करोड ४ लाखमा भएको ब्यहोरा समेत जानकारीको लागि पेश गर्दछौं।’
जनस्तरबाट अक्सिजन प्लाण्ट निर्माण अभियानमा गाउँपालिकाको खातामा हालसम्म करिब रु ६१ लाख ८१ हजार रकम जम्मा भएको अध्यक्ष गौतमलेले जानकारी दिएका छन् ।
अभियानमा सहभागी सम्पूणर् अभियन्ता र सहयोगीलाई धन्यबाद व्यक्त गर्दै गौतमले अभियान अन्तिम चरणमा पुगेकोले सो खाता पनि बन्द हुन लागेकोले जनस्तरबाट अक्सिजन प्लाण्ट निर्माण अभियानमा छुट्नुभएका सहयोग गर्न इच्छुक महानुभावहरूलाई पुनः एकचोटी यो जनअभियानमा सहभागी हुन अपिल गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















