काभ्रे जिल्लाको च्यासिङ्गखर्कका एन्जल तामाङको हत्यामा संलग्न रहेका अर्का प्रतिवादी निरबहादुर तामाङ पनि पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यलय काभ्रेका अनुसार ३३ वर्षिय तामाङलाई शुक्रबार विहान ८ बजेको समयमा पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार भक्तपुर स्थित दूधपाटीमा लुकीछिपी बसेको अवस्थामा निल बहादुर तामाङलाई महानगरीय प्रहरी परिसर भक्तपुरको समन्वयमा पक्राउ गरिएको थियो । एन्जलको हत्यामा संलग्न भएका तामाङ विगत ९ वर्षदेखि फरार रहेका थिए ।

२०६९ कात्तिक ८ गते चलालगणेशस्थान गाविस वडा नं २ स्थित श्री गणेश नि.मा.विको सांस्कृतिक कार्यक्रममा च्यासिङ्गखर्क गाविस वडा नं ९ र चलालगणेशस्थान गाविस वडा नं ३ का मानिसहरुबिच भएको झडपमा च्यासिङ्गखर्क गाविस वडा नं ९ का १८ वर्षी एन्जल तामाङलाई निल बहादुर तामाङ लगायतले छुरा प्रहार गरी हत्या गरेका थिए ।

हत्या गरिएको अभियोगमा ईलाका प्रहरी कार्यालय बनेपबाट मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान पश्चात तामाङलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७४ असार १४ गते २० वर्ष कैदको फैसला सुनाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार अदालतको फैसलापश्चात फरार रहेका तामाङलाई खोजतलास गरी आज माघ ७ गते पक्राउ गरिएको हो ।

स अघि पनि यसै घट्नामा दोषी ठहर भई जिल्ला अदालक काभ्रेले २० वर्ष कैद सजाय सुनाएका पोते तामाङलाई पक्राउ गरिसकेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।