कोभिड–१९ संक्रमणदर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले सबै सेवाहरु बन्द गरेको छ । जिल्लामा बढ्दै गएको कोरोना संक्रमणको जाखिमलाई नियन्त्रणका लागि भन्दै कार्यालयले आगामी आइतबारदेखि लागू हुने गरी अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको हो ।

जिल्लामा संक्रमणको जोखिम उच्च हुनुका साथै कार्यालयका कर्मचारीहरु पनि संक्रमित भई उपचारार्थ रहेकोले जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवाहरु यहि माघ १४ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवारले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।

‘सेवा प्रदायकका रुपमा कार्यरत कर्मचारी तथा सेवाग्राहीबीचको नियमित र प्रत्यक्ष सम्पर्क हुने कामहरु नागरिकता तथा सोको प्रतिलिपि, संघसंस्था एवं नाबालकका साथै राष्ट्रिय परिचयपत्र र राहदानीसम्बन्धी फाँटतर्फको सेवा हाललाई स्थगित गरिएको छ । सूचनामा उल्लेख छ ।

शान्ति सुरक्षा र मुद्दासम्बन्धी अत्यावश्यक सेवा भने नियमित नै रहने जनाएको छ ।

यस्तो छ सूचनाः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।