काभ्रे जिल्लाका एक महिला र एक पुरुष एकैसाथ सम्पर्क विहिन भएका छन् । पनौती नगरपालिका वडा नं. ८ खरीबोट बस्ने बर्ष ४० को माधव प्रसाद फुयाल र नमोबुद्ध नगरपालिका वडा नं. ५ बस्ने श्रीजना भण्डारी (कोईराला) सम्पर्क विहिन भएपछि परिवारले खोजतलासको लागि अनुरोध गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शुक्रबार बिहान अन्दाजी विहान ६ः३० वजेको समयमा भुम्लु गाउँपालिका वडा नं. ८, ईन्द्रावती र सुनकोशी नदि दोभानको बगररमा ढुंङ्गा माथि उनीहरुको केही सामाग्री फेला पारेको छ । सो स्थानमा कालो जेन्ट्स ज्याकेट, गाढा सुन्तला रंगको लेडिज कोट, कालो र खरानी रंगको जुत्ता दुई जोर, कालो लेडिज र जेन्ट्सले बोक्ने पर्स, घडी लगायतका सामाग्री स्थानियहरुले देखि तत्काल प्रहरीलाई खवर गरी सो सामाग्रीहरु फेला परेको प्रहरीले जनाएको छ । सो सामाग्रीहरु निजहरुको आफन्तहरुले सामानको पहिचान सनाखात गरीदिएको माघ २ गतेबाट सम्पर्क बिहिन भएकी श्रीजना र माघ ३ गतेबाट सम्पर्क बिहिन भएको माधवको भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेमा खोजतलास निवेदन दिएको छ ।

उनीहरु दुईजना कतै फेला परेमा निजहरुको आफन्त (सम्पर्क नं. ९८४९०११७९८ रविचन्द्र फुयाल, ९८२३२६२१४४ देवि प्रसाद कोईराला), नजिकको प्रहरी कार्यालय अथवा यस कार्यालयको सम्पर्क नं. १००, ०११–४९०२०२, ९८५११२३८०५, ९८५१२३७३३९ सम्पर्क गर्नु भई खोजतलास कार्यमा सहयोग गरिदिन हुन प्रहरीले अनुरोध समे तगरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।