डाक्टरको आधिकारीक सिफारिस बिना खुलेआम दुव्र्यसनमा रहेका विभिन्न युवा जमातलाई औषधि कारोबार गर्ने फार्मेसी सञ्चालकलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पक्राउ पर्नेमा काभ्रे जिल्ला पनौति नगरपालिका वडा नं. ०१ पर्खालचौर स्थायी घर भई हाल पनौती नगरपालिका वडा नं. ०२ स्थित उद्धब फार्मेसी संचालक दशरथ सापकोटाको नाती बिष्णु प्रसाद सापकोटाको छोरा वर्ष ४३ को उद्धब सापकोटा रहेका छन् ।

पनौतीमा रहेका औषधी पसलहरुमा डाक्टरको आधिकारीक सिफारिस बिना खुलेआम दुव्र्यसनमा रहेका विभिन्न युवा जमातलाई फार्मेसी संचालकले आफ्नो व्यवसायिक कार्य विपरित आम मानिसको स्वास्थ्यमा समेत प्रतिकुल असर हुने खालको नियन्त्रीत औषधी कारोवार गरीरहेको छ भन्ने प्रहरीले थाहा पाएपछि विक्रि गरिरहेको अवस्थामा सापकोटालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आइतबार दिउँसो १ वजेको समयमा उक्त औषधी पसलबाट नियन्त्रीत औषधिहरु सहित नियन्त्रणमा लिई थप अनुसन्धान एवं कारवाहीको लागि सोमबार औषधी व्यवस्था विभाग बिजुली बजार काठमाण्डौ पठाईएको प्रहरीले बताएको छ ।

उद्धब फार्मेसी पसलबाट बरामद भएको नियन्त्रीत औषधीहरुको विवरण :-

१. Pregabalin Capsules IP GBIX-75 लेखिएको सिल खोलिएको २ बट्टामा २० पत्ता ३ चक्की (२०३ ट्याब्लेट), सिल नखोलिएको ७ बट्टामा ७० पत्ता (७०० ट्याब्लेट) गरी जम्मा ९०३ ट्याब्लेट

२. ANTIKOF Tablet सिल गरिएको ४ बट्टामा ५० पत्ताको दरले जम्मा २०० पत्ता (२००० ट्याब्लेट), सिल खोलिएको २ बट्टामा १०८ पत्ता ९ ट्याब्लेट (१०८९ ट्याब्लेट) समेत गरी जम्मा ३०८९ ट्याब्लेट

३. Dicyclomine Tablets BP SPASMO ANTISPASMODIC लेखिएको सिल नखोलिएको १ बट्टमा ५० पत्ता (५०० ट्याब्लेट), सिल खोलिएको २ बट्टामा ६९ पत्तामा ६९० ट्याब्लेट गरी जम्मा ११९० ट्याब्लेट

४. Dicyclomine hydrochloride tablets IP DECOLIC लेखिएको सिल नखोलिएको ४ बट्टामा ८० पत्ता (८०० ट्याब्लेट) सिल खोलिएको २ बट्टामा ४१ पत्ता १ चक्की (४११ ट्याब्लेट) गरी जम्मा १२११ ट्याब्लेट

५. Pregabalin capsules IP GABAWELL-150 लेखिएको सिल खोलिएको २ बट्टामा २० पत्ता गरी जम्मा २०० ट्याब्लेट

६. Promethazine hydrochloride tablets BP VOMINE-25 लेखिएको सिल खोलिएको १ बट्टामा २४ पत्तामा जम्मा २४० ट्याब्लेट

७. Pregabalin & methylcobalamin Capsules IP SAGALIN-M 1500 लेखिएको सिल खोलिएको १ बट्टामा १० पत्तामा जम्मा १०० ट्याब्लेट

८. KOFTAB लेखिएको सिल खोलिएको १ बट्टामा २० पत्ता ५ चक्की गरी जम्मा २०५ ट्याब्लेट

Comments

comments