काठमाडौं । नेपालमा थप १२ हजार आठ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २५ हजार ९०९ को परीक्षण गर्दा १२ हजार आठजनामा सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या ८८ हजार ९३४ पुगेको छ । पछिल्लो समय तीन हजार ४० जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख २७ हजार २७९ पुगेको छ ।

यस्तै, आज आठ जनाको सङ्क्रमणका कारण निधन भएको छ । अहिलेसम्म ११ हजार ६६७ जनाको सङ्क्रमणका कारणले निधन भएकोे छ । नेपालमा सङ्क्रमण दर १८ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा ८७ हजार ११७, संस्थागत आइसोलेसनमा एक हजार ८१७, आइसियुमा २४५ र भेन्टिलेटरमा ४४ जनाको उपचार भइरहेको छ ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।