काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं. १२ बाँसडोलका एक युवा लागु औषध गाँजा सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका २५ वर्षिय सञ्जय तामाङ रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बाँसडोलका स्थानीयले लागु औषध सेवनकर्ताहरु दिन प्रतिदिन बढदै गएको भन्ने गुनासो र विशेष सूचनाको आधार प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी परिचालन गरिएको थियो । सोही क्रममा तामाङको घर कोठा भित्र खाट मुनी लुकाई छिपाई राखेको अवस्थामा ७ किलो ७९५ ग्राम अबैध लागु औषध गाँजा फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

तामाङलाई कानुन बमोजिम पक्राउ गरी लागु औषध गाँजा मुद्दामा काभ्रे जिल्ला अदालतबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Comments

comments