बैंकिङ कसुर मुद्दामा फरार रहेका काभ्रे जिल्ला धुलिखेल नगरपालिकाका एक प्रतिवादी मंगलबार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पक्राउ पर्नेमा धुलिखेल नगरपालिका वडा नं. ४ का वर्ष ४९ का शंकर श्रेष्ठ रहेका छन् ।

श्रेष्ठ उच्च अदालत पाटनबाट कैद तथा जरीवाना ठहर भई फरार रहेका थिए । उनलाई उच्च अदालत पाटनको मिति २०७७।११।०५ गतेको फैसलाले २ दिन कैद, ३,३०,०००।– जरिवाना र १३,२००।– पीडित राहत कोषमा जम्मा हुने ठहर गरेको थियो ।

प्रहरीका अनुसार श्रेष्ठलाई धुलिखेल नगरपालिका वडा नं. ०७ मा खोजतलासको क्रममा फेला पारेको थियो । उनलाई फैसला कार्यन्वयनको लागि काभ्रेपलाञ्चोक जिल्ला अदालतमा पेश गरिएको छ ।

Comments

comments