काभ्रे जिल्ला महाभारत गाउँपालिका वडा–१ मा रहेको गोकुले माविका ३ विद्यार्थी सम्पर्क विहिन भएका छन् । वडा अध्यक्ष कान्छामान जिम्बा (रोहित)का अनुसार उनीहरु आइतबारदेखि सम्पर्क विहिन भएका हुन् ।

सम्पर्क विहिन हुने विद्यार्थीहरुमा सोही वडा स्थित आरुबोट निवासी कान्छामान जिम्बाको छोरा बर्ष १२ को कक्षा ३ मा अध्ययनरत नीर बहादुर जिम्बा (मोटे), मान बहादुर जिम्बाको छोरा बर्ष १३ को कक्षा ५ मा अध्ययनरत ज्ञान बहादुर जिम्बा र वीर बहादुर जिम्बाको छोरा बर्ष १२ को कक्षा ३ मा अध्ययनरत खेलमान जिम्बा रहेका छन् ।

घरबाट निस्केर भागी गएको पारिवारिक स्रोतलाई उदृत गर्दै वडा अध्यक्ष जिम्बाले जानकारी दिए । जिम्बाका अनुसार सिन्धुली जिल्लाको रामपुर भन्ने ठाउँ सम्म पुगेको जानकारी घरपरिवारले प्राप्त गरेपनि त्यस पछि कहाँ पुगे भन्ने जानकारी नभएको बताएका छन् ।

उनीहरु किन, कसरी र कहाँ हिडेको घरपरिवार कोहि कसैलाई थाहा नभएको बालकहरुको परिवारले जनाएको छ । कोही कसैले भेटेमा प्रहरी चौकी, वडा अध्यक्ष जिम्बा वा परिवारलाई सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।

Comments

comments