एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले काभ्रेको तेमाल गाउँपालिका समक्ष ५ सुत्रिय माग पेश गरेको छ । शुक्रबार अखिलको तेमाल गाउँ कमिटीको अध्यक्ष दुधराज लामाको नेतृत्वमा पालिकाको प्रमुख प्रशासकीय अधिकृत केदार प्रसाद ढकाल समक्ष उक्त माग पत्र पेश गरेका हुन्।

यी हुन् अखिलका मागहरुः
१) विद्यार्थीहरुलाई चाँडो भन्दा चाडो कोभिड–१९ (कोरोना भाइरस) को खोप व्यवस्था गर्नुपर्ने ।
२) विद्यार्थी आन्दोलनबाट प्राप्त ४५ प्रतिशत छुट तेमालको बाटोमा गुट्ने सार्बजनिक यातायातको सवारी साधनमा पुर्ण रूपमा लागू गर्नुपर्ने साथै खुद्रा पैसा छैन भन्दै बढी भाडा असुलिरहेको हुँदा यसको प्रभावकारी अनुगमन गरि तत्काल नियन्त्रण गर्नुपर्ने ।
३) तेमाल गाउँपालिका भित्र रहेको दस वटा मा।वि। तहको विद्यालयमा अध्यनरत विद्यार्थी छात्राहरुको लागि गुणस्तरीय सेनेटरी प्याड निशुल्क व्यवस्था गर्नुपर्ने ।
४) विद्याथीहरुको बौद्धिक क्षमता अभिवृद्धि शैक्षिक स्तर उन्नति एवम् सर्वांगीन क्षमता विकासको लागि सबै विद्यालयमा पुस्तकालयको स्थापना गर्नुपर्ने ।
५) सार्बजनिक यातायातमा वृद्ध आमा बुबाको वृद्ध कार्ड छुट हुनुपर्ने

Comments

comments