नेकपा (एमाले)का भातृसंगठन अनेरास्ववियू काभ्रेले बनेपामा सभामुख अग्नीप्रसाद सापकोटालाई कालो झण्डा देखाएका छन् । समामुख सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) रोकेको भन्दै बनेपामा कालो झण्डा देखाएका हुन् ।

सोमबार साँझ मसाल जुलुस निकालेको अनेरास्ववियु काभ्रेले सापकोटालाई कालो झन्डा देखाएका थिए । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) चाँडो भन्दा चाँडो संसदमा पेश गर्नुपर्ने र स्थानीय तहको निर्वाचन मिति घोषणा गर्नुपर्ने नारा लगाउँदै कालो झण्डा देखाएका थिए ।

अमेरिकाको दबाललाई बहाना बनाएर एमसीसी छिटोभन्दा छिटो पास गर्नुपर्ने एमाले र काँग्रेसको भनाई आएको बेला संसदको बैठक बस्ने दिन र समय परिवर्तन गर्दै आएपछि एमाले सभामुखसँग रुष्ट छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।