तामाङ समुदाय र ह्योल्मो समुदायको साँस्कृतिक पर्वा सोनाम ल्होछारको सार्वजनिक विदा माग गर्दै वागमती सरकार समक्ष अब आउनु नपर्ने भएको छ । वागमती प्रदेश सरकारको विदाको सूचीमा सोनाम ल्होछारलाई राखिएकोले यो अवस्थाको अन्त्य भएको वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम झमकट्टेले बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा सोमबार बसेको प्रदेश सरकारको बैठकले सोनाम ल्होछारलाई सार्बजानिक बिदाको सुचिमा समाबेश गरी राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको मन्त्री झमकट्टेलले जानकारी दिएका छन् ।

साथै धादिङ, चितवन, मकवानपुरमा बसोबास गर्ने चेपाङ जातीको महान पर्ब न्हागीलाई पनि सरकारले विदाको सूचीमा राखेको उनको भनाई छ ।

सामाजिक सञ्जालमा उनले लेखेकाछन्ः

‘बागमती प्रदेश सरकारको हिजो मिती २०७८ माघ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश भित्र बसोबास गर्ने तामाङ र ह्योल्मो जातीको महान चाड सोनाम लोछार र धादिङ, चितवन, मकवानपुरमा बसोबाँस गर्ने चेपाङ जातीको महान पर्ब न्हागी पर्वलाई बागमती प्रदेश सरकारले दिने सार्बजानिक बिदाको सुचिमा समाबेश गरी राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ । यो निर्णयले अबदेखी प्रत्येक बर्ष बिदा माग गर्न आउनु पर्ने अबस्थाको अन्त गरेको छ ।’

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।