काभ्रेमा अदालतबाट कैद तथा जरीवाना ठहर भई फरार रहेका ३ जना प्रतिवादीह? पक्राउ परेका छन् । जिल्लाको विभिन्न पालिकाका विभिन्न मुद्दाका फरार प्रतिवादीहरु बुधबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।

दण्डहिनताको अन्त्य र कानूनी एवं विधिको शासन स्थापित गर्ने उद्धेश्यलाई प्रहरीले प्राथमिकतामा राखि सोहि अनुरुप कार्यन्वयन गर्ने क्रममा निम्न उनीहरुले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा रोशी गाउँपालिका वडा नं. ११ का २४ वर्षिय सन्तोष भन्ने सन्तबहादुर रुचाल मगर रहेका छन् । उनलाई भक्तपुर जिल्ला अदालतले २०७१ साल फागुन १९ गते लागु औषध मुद्दामा १ वर्ष ९ महिना ६ दिन कैद र १ लाख रुपैयाँ जरिवानाको फैलसा सुनाएको थियो । उनलाई मंगलबार बनेपा नगरपालिका वडा नं. ८ बाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी धुलिखेल नगरपालिका वडा नं. २ रविओपीका २८ वर्षिय मिलन भन्ने दिलबहादुर तामाङलाइ पनि प्रहरीले पक्राउ गरेको छ । काभ्रे जिल्ला अदालतले तामाङलाई चोरी र केहि सार्वजनिक अपराध मुद्दामा २०७२ साल माघ २ गते र २०७६ साल माघ ८ गते २ महिना ११ दिन कैद र १ हजार रुपैयाँ जरिवानताको फैसला सुनाएको थियो । उनलाई विहिबार बनेपा नगरपालिका वडा नं. १० बाट पक्राउ गरेको जनाएको छ ।

यस्तै पक्राउ भएको अर्का व्यक्ति धुलिखेल नगरपालिका वडा नं. ६, चोच्छेटोलका ३५ वर्षिय सुमन कर्मचार्य रहेका छन् । जालसाजी मुद्दामा कर्मचार्यलाई काभ्रे जिल्ला अदालतले २०७६ साल पुष २३ गतेका दिन १० हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो । उनलाई पनि विहिबार बनेपा नगरपालिका वडा नं. ७ बाट पक्राउ गरेको थियो ।

पक्राउ परेका तीनै जनालाई फैसला कार्यन्वयनको लागि अदालतमा पेश गरेको प्रहरीले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।