जिल्ला प्रशासन कार्यालय, काभ्रेले बार अनुसार सेवा प्रवाह गर्ने भएको छ । शुक्रबार खसहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले एक सूचना जारी गर्दै विभिन्न स्थानीय तहका सेवाग्राहीलाई बार अनुसारको सेवा प्रवाह गर्ने सूचना जारी गरेका हुन् ।
‘विश्वव्यापी महामारीकोरुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमणदर अत्यधिक बढिरहेको सन्दर्भमा कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न जनस्वास्थ्यका मापदण्ड (मास्क, सामाजिक दूरी, स्यानिटाइजर) को पूर्ण परिपालना गरी यस कार्यालयबाट निरन्तर प्रदान गरिदै आइएको अत्यावश्यक सेवा शान्ति सुरक्षा, मुद्दा र इमर्जेन्सी राहदानी बाहेकका अन्य सबै प्रकारका सेवाप्रवाह सम्बन्धी कार्यहरुलाई व्यवस्थित बनाउन मिति २०७८।१०।२३ गतेबाट लागू हुने गरी देहायबमोजिम आलोपालो प्रणालीमा सेवाप्रवाह गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’ सूचनामा भनिएको छ ।
यस्तो छ सूचनाः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















