काठमाडौं जिल्ला बुढानिल्कण्ठ नगरपालिका वडा नं. १० रहेको दिप मण्डला युवा क्लबले कोभिड–१९ विरुद्धको अभियान सञ्चालन गरेको छ । आइबार क्लबले विभिन्न स्थानहरुमा सर्वसाधारणलाई मास्क र सेनीटाइजर वितरण गरेर यो अभियान सञ्चालन गरेको हो ।
क्लबका सचिब प्रदिप मैनालीका अनुसार सो अभियान कपनको साततलेबाट सुरु गरि नारायणचोक, पञ्चकुमारी चोक, मिलनचोक, शिव मन्दिर वडा कार्यालय, बिबेकचोक हुँदै नारायणचोकमा पुगेर समापन गरेको थियो । सो क्रममा २५ भन्दा बढी मास्क र २ हजार पिस भन्दा बढी सेनीटाइजर वितरण गरेको सचिव मैनालीले जानकारी दिए ।
कोभिड–१९ संक्रमण रोकथामको लागि नागरिक सचेतनाको लागि यो अभियान सञ्चालन गरेको मैनालीले तेमाल अनलाइनलाई बताए ।
रगत अभावका कारण कैयौंको ज्यान जाने गरेकोले भावी दिनहरुमा कपनमा रहेका विभिन्न सामाजिक संघसंस्थासँग मिलेर ब्लड बैंकको स्थापना गर्ने क्लबको योजना रहेको उनले बताए ।
अभियान कै क्रममा वडा अध्यक्ष भट्टराईले युवाहरुको काममा आफ्नो सधैंभरि सहयोग रहने बताउँदै युवाहरुको सकारात्मक कामको प्रसंशा समेत गरे ।
अभियानमा वडाल अध्यक्ष भट्टराई, क्लबका अध्यक्ष राजन श्रेष्ठ लगायत क्लबका मेम्बरहरुको उपस्थित रहेको थियो ।
यस अघि पनि क्लबले कुलतमा फसेका युवाहरुलाई सकारात्मक तालिम दिने देखि सरसफाई कार्यक्रमहरुको आयोजना गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















