काभ्रे जिल्लाको महाभारत गाउँपालिकाले केन्द्रिय विद्युत लाइन विस्तारको क्रममा मिटर वक्स अनुदानमा दिने भएको छ । आइतबार सम्पन्न दशौं गाउँसभाले उक्त निणर्य गरेको हो ।

महाभारत गाउँपालिकामा केन्द्रिय विद्युत लाइन विस्तारको क्रममा रहेको छ । सबै घरधुरीलाई अनुदानमा मिटर वक्स वितरण गर्ने गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा भएको योजना कार्यन्वयनका प्रगति समीक्षा गरेको थियो ।

सभाले गाउँपालिकाका गौरवका योजनाहरुलाई निरन्तरता दिने, सडक, खानेपानी, सिचाँई, कृषि,शिक्षा, स्वास्थ्य लगायतका विषयमा रहेको योजनाहरुलाई यथाशिघ्र कार्य सम्पन्न गर्ने निणर्य समेत भएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।