काठमाडौं, फागुन १ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपाका ९८ सांसदले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

उक्त प्रस्ताव आज विहान दर्ता भएको हो । प्रस्ताव दर्ता गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू आँफै गएका थिए ।

यता, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले आजदेखि पुनः सर्वोच्च अदालत परिसरमा प्रदर्शन सुरु गरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।