काभ्रे जिल्लाको खानीखोला गाउँपालिका स्तरीय योङ कम्युनिष्ट लिग नेपाल र अखिल नेपाल खेलकुद महासंघको संयुक्त गाउँ भेला सम्पन्न भएको छ । आइतबार जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्र निकट दुई संगठनको गाउँ भेला तालढुंगामा सम्पन्न भएको हो ।
भेलाले योङ कम्युनिष्ट लिग नेपालको अध्यक्षमा राम थिङ, उपाध्यक्षहरुमा विक्रम सोराली, आस्मान लोप्चान, सचिवमा दिपेश थिङ (चर्चित), सह–सचिवमा खड्ग बराइली, सुस्मिता आचार्य, अन्जना वाइबा, कोषाध्यक्ष भिम घिसिङ सर्वसम्मत निर्वाचित भएका छन् । भेलाले सदस्यहरुमा राजुकमार गोले, सुस्मा तामाङ, ज्ञानेन्द्र थिङ, सुरेश थिङ, दिपेश गोले, श्यामकाजी ब्लोन, भिम घिसिङ, विरेन्द्र घिसिङ, ज्ञानबहादुर थिङ, खड्का थिङ, अर्चना पुलामी, विनोद ठिङ, टंकबहादुर पुलामी, रमेश माझी, ज्ञानबहादुर थिङ, अविनाश लोप्चान, श्यामबहादुर थोकर, विकास रुम्बा, केशब बञ्जारा, सुस्मिता आचार्य, रेशम घ्लान, प्रकाश घ्लान, साङ्गे लामा, जितबहादुर गोले, तेजकुमार गुरुङ, रत्न बहादुर राना, जीवन मोक्तान, सविन मोक्तान, वीरबहादुर स्याङतान, अन्जना वाइबा, रिजन थिङ लगायतका रहेका छन् ।
यसैबीच अखिल नेपाल खेलकुद महासंघको अध्यक्षमा रमेश तिमल्सिना, उपाध्यक्षमा मंगल स्याङतान, सचिवमा राजकमुार पाण्डे, सह– सचिवमा गणेश थिङ, कोषाध्यक्षमा उर्मिला थिङ सर्वसम्मत निर्वाचित भएका छन् भने सदस्यहरुमा देशबहादुर लोप्चान, विशाल रुम्बा, ईश्वर बोलखे, मान गोले, सागर रानामगर, प्रेम गोले, नेमार मोक्तान, ज्ञानेन्द्र थिङ, देवराज स्याङतान, शुक्रराज थिङ, प्रविण गोले, पूर्णबहादुर पुलामी, रकमसिं घिसिङ, टेकबादुर वि.क., वेदमान वाइबा लगायतका रहेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















