काभ्रेका खानीखोला गाउँपालिकाका एमाले–काँग्रेस कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जनयुद्ध दिवसको अवसरमा तालढुंगामा आयोजित एक कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन् ।

माओवादी केन्द्रको भातृसंगठन योङ कम्युनिष्ट लिग नेपाल र अखिल नेपाल खेलकुद महासंघको भेला भएको नवप्रवेशीहरुलाई माओवादी केन्द्रका जिल्ला इन्चार्ज सूर्यमान दोङ लालध्वज र वागमती प्रदेश कमिटी सचिव इन्द्रबहादुर थिङ छिन्ताङले स्वागत गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका नेता तथा खानीखोला गाउँपालिकाका अध्यक्ष कृष्ण खुलालको समेत सहभागीता रहेको थियो । आफ्ना कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेको देखेर अध्यक्ष खुलाल आत्तिएको अवस्थामा बसीरहेका थिए । विपक्ष पार्टीको कार्यक्रममा आसन ग्राहण मात्र होइन भाषण समेत गर्न भ्याएका उनी केही अन्तिम समयसम्म कार्यक्रम स्थलमै बसेका थिए ।

खुलालकै अगाडि नवप्रवेशीहरुले खुलालले गाउँपालिकामा बेथिति मात्र होइन भ्रष्टाचार मौलाउने कार्य गरेकोले माओवादी केन्द्रमा प्रवेश हुनुपरेको बताएका थिए । यसो भनिरहँदा खुलाल भने कालोनिलो भएर शिर निउराएर बसेका थिए भने सहभागीहरुले भने ताली बजाएका थिए ।

माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा एमालेबाट पूर्ण तितुङ, सुन्दर वाइबा, सुनिल थिङ, गोपाल थिङ, यमराज वाइबा, पुजन वाइबा, राजेन्द्र थिङ रहेका छन् भने नेपाली काँग्रेसबाट सुनिता पाख्रिन, समिक्षा लोप्चान, मिलन लोप्चान, शुक्रबहादुर डिम्दुङ, पूर्ण बहादुर बोलखे लगायतका रहेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।