एमसिसि संझौता विरुद्ध बुधबार आव्हान गरिएको नेपाल बन्दको पूर्वसन्ध्यामा काभ्रेको बनेपामा मशाल जुलुस गरेको छ । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)कोे विरोध गर्दै ६ कम्युनिष्ट पार्टीहरुले मशाल जुलुस गरेको हो ।

बनेपामा मशाल जुलुस गर्ने थाहा पाएपछि व्यापक प्रहरी परिचालन गरिएको थियो । बनेपाका हरेक चोक–चोकमा प्रहरी परिचालन गरेपनि छापामार शैलीमा बन्द आव्हान कर्ताहरुले मशाल जुलुस निकालेका थिए । प्रहरीलाई छलेर उनीहरुले बनेपास्थित चाँदनीचोकबाट मशाल जुलुस निकालेका थिए ।

जुलुस अरनिको राजमार्गमा आइपुग्ने वित्तिकै उनीहरु माथि प्रहरीले हस्ताक्षप गरेको थियो । बनेपाको चारदोबाटो नजिक पुगेको जुलुसमाथि हस्ताक्षप गरी प्रहरीले मशाल खोसेर निभाएको थियो ।

प्रर्दशनका क्रममा उनीहरुले ‘भोलिको नेपाल बन्द, सफल पारौं,’ ‘राष्ट्रघाती एमसीसी खरेज गर’, ‘राष्ट्रघाती दलालहरु होसियार,’ ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’ लगाएका नारा लगाएका थिए । उनीहरुले एमसीसी फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

सो क्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल काभ्रेका अध्यक्ष जीतबहादुर तामाङले एमसीसी मुलुकको हित विपरीत रहेकाले यसलाई पारित गर्न नहुने बताए । जुलुसमा नेकपा (विप्लब) समूहका जिल्ला सेक्रेटरी प्रताप तामाङ, नेता राजेन्द्र तामाङ, अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रिय सचिवालय सदस्य प्रकाश तिरुवा लगायतका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

नेपाल बन्द नेपाल कम्युनिस्ट पार्टी (विप्लब), देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा माओवादी केन्द्र समाजवादी गरि ६ राजनीतिक दलले हाव्हान गरेको हो ।

भिडियाे हेर्नुहाेस्

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।