काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं. ३ को कार्यालयको भवन उद्घाटन भएको छ । मंगलबार नगर प्रमुख भिम न्यौपानेले एक कार्यक्रमका बीच कार्यालयको उद्घाटन गरेका हुन् ।
यस अगाडि वडा नं. २ र ३ को कार्यालय एउटै भवनबाट सञ्चानलनमा भइरहेको थियो ।
कार्यालय भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख न्यौपानेले आफुले आफ्नो कार्यकालमा जनतालाई सेवा पुग्ने सम्पुर्ण कार्य गरेको र जनताको सेवामा नै समर्पित भएको बताए ।
आफ्नो कार्यकाल विकासको पूर्वाधार निर्माण र समृद्धि पनौती नगर निर्माणमा वितेको समेत न्यौपानेले दावी गरे ।
कार्यालय भवन उद्घाटन भएसँगै यसै भवनबाट सेवा सुभारम्भ भएको छ । नगर प्रमुख न्यौपाने र उपप्रमुख गिता बन्जाराले सयुक्त रुपमा रिबन काटेर र ताम्रापत्र अनावरण गरि भवनको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा पनौती नगरपालिका वडा नं. १ का वडा अध्यक्ष गुणनाथ सापकोटा, वडा नं. २ का वडा अध्यक्ष पुरुसोत्तम अधिकारी, बरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शाखा प्रमुखहरु, वडा सदस्यहरु, बुद्धिजिवी एवं सामाजिक ब्यक्तित्वहरुको सहभागीता रहेको थियो ।
कार्यक्रम वडा नं. ३ का वडा अध्यक्ष किशोर थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















