काभ्रेको रोशी गाउँपालिका वडा नं ९ पिन्थलीमा तामाङ समुदायको साँस्कृति पर्व सोनाम ल्होछारको अवसरमा ‘ताक ल्होछार साँस्कृतिक कार्यक्रम’ भव्य रुपमा सम्पन्न भएको छ । पिन्थली परिवारको आयोजनामा सोमबार देखि बुधबारसम्म गरी ३ दिनसम्म ताक लोछार साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो ।
‘हाम्रो पहिचान, हाम्रो संस्कृति सबै मिले जगेर्ना गरे हुँदैन बिकृति’ नाराका साथ आयोजना गरिएको सो कार्यक्रममा विभिन्न पूजापठा तथा साँस्कृतिक कार्यक्रम गरेर मनाएको थियो ।
कार्यक्रमको उद्घाटन गर्न प्रमुख अथितिको रुपमा रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामा पुगेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लामाले सबै जाति समुदायको चाडपर्वहरुको संरक्षण र सम्बद्र्धनमा रोशी सरकार शुरुदेखि नै लाग्दै आएको बताए ।
‘सबै मिलेर सबै जाति समुदायको खाले चाड पर्वहरुको संरक्षण, जगेर्ना र सम्बद्र्धनको लागि रोशी सरकार शुरुदेखि नै लाग्दै आएको छ ।’ लामाले भने, ‘यसको लागि हामी नीतिगतरुपमै लागिरहेका छौं । हामी यो समाजमा राजनितिक, सामाजिक रुपमा फरक फरक ठाउँमा उभिए पनि कला सँस्कृति जोगाउनको लागि सबै समुदाय एक भएर लाग्नुपर्छ ।’
सम्बोधनकै क्रममा अध्यक्ष लामाले पहिचान खोज्नको लागि धर्म सँस्कृति जोगाउनु पर्ने सँस्कृति जोगाउनको लागि रोशी सरकारले नीतिगत ब्यवस्था गरिएको बताउँदै आवश्यक परेको खण्डमा बजेटको समेत ब्यवस्था गर्दै जाने प्रतिबद्धता जाहेर गरे ।
जिल्लाको रोशी गाउँ पालिका सरकारले देशमै पहिलो पटक लोछारको लागि तीन दिन बिदा दिएर लोछार मनाउनको लागि सुरुवात गरिएको थियो ।
कार्यक्रममा वडा नं १० का अध्यक्ष दुधराज लामा, वडा नं ११ को वडा अध्यक्ष मिलन लामा लगायतले लोछारको शुभकामना दिएका थिए भन साविकको मंगलटार गाविसको पुर्व प्रधानपञ्च राम लामा, पुर्व गाविस अध्यक्ष सलाम सि लामा, कर्म सि लामा लगायतका सहभागीता रहेका थिए ।
आफ्नै वडामा भएको लोछार कार्यक्रममा भने वडा नं ९ का वडा अध्यक्ष जनम लामा शिशिरको उपस्थिति रहेको थिएन ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















