काभ्रेको बनेपामा नेपाल बन्दको असर नपेरपनि बन्दकर्ताहरुले प्रदर्शन गरेका छन् । ६ दलीय वामपन्थी पार्टीहरुले आयोजना गरेको बुधबारको नेपाल बन्दको प्रभाव नपरेपनि उनीहरुले अरनिको राजमार्गमा प्रदर्शन गरेका हुन् ।

बनेपाको प्राधिकरण चोकबाट शुरु भएको जुलुस चारदोबाटोमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रदर्शनको क्रममा ‘गो व्याक एमसिसि’, ‘अमेरिकी साम्राज्यवाद मूर्दावाद’, ‘विदेशी दलालहरु मूर्दावाद’ जस्ता नारा लगाएका थिए ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा (विप्लब)का केन्द्रिय सदस्य तथा काभ्रे इन्चार्ज आधारले कुनैपनि हालतमा एमसिसि पास गर्न नदिने ठोकुवा गरे । एमसिसि मार्फत अमेरिकालाई देश बेच्न लागेको बताउँदै आधारले आफूहरुले यस गर्न नदिने बताए । ‘हामी सपूत हुन चाहन्छौ कुपुत हुन चाहदैनौ । राष्ट्रियताको लागि जेल जान तयार छौं ।’ उनले भने, ‘केके गर्नु छ गरे हुन्छ तर हामीलाई बेच्न सक्नुहुन्न ।’

देशलाई ५५ अरब रुपैयाँ अमेरिकाले दियो भनेर आफूहरु बिग्री नहुने बताउँदै राष्ट्रघातीहरुले एमसिसी पास गरेपनि कार्यन्वयन हुन नदिने उद्घोष गरे । उनले शासकहरुले सुगौली सान्धी, १९५० को सान्धि गरेर दुईचोटी देश बेचेको आरोप लगाउँदै अब तेस्रो पटक देश बेच्दै गरेकोले नेपाली जनता सचेत हुनुपर्नेमा जोड दिए ।

यसैगरि देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका काभ्रे जिल्ला अध्यक्ष जीतबहादुर तामाङले एमसिसिले गर्दा देश विखण्डनमा जाने खतरा रहेको बताए । ‘केही यहाँका दलालहरुले संघीयताका कारण देश बिखण्डन हुन्छ भनिरहेका छन तर संघीयताका कारण होइन एमसिसिका कारण देश बिखण्डित हुँदैछ ।’ तामाङले भने, ‘जसले एमसिसीको पैसा खाए तिनीहरुे त्यसको पक्षमा छन । आम जनता यसको विरुद्ध लागेको छ ।’

एमसिसि विरुद्धको आन्दोलनमा आफूहरु माथि दमन भएको चर्चा गर्दै सुरक्षाकर्मीहरुसँग भएको हतियार एमसिसि पक्षधार र अमेरिका तिर सोच्याउन सुरक्षाकर्मीहरुलाई अनुरोध समेत गरे । नेपाल बन्द भनिएता पनि काभ्रेमा सामान्य बाहेक कुनै असर भने परेन ।

भिडियाे हेर्नुहाेस्ः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।