बागमती प्रदेश सरकारले प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईलाई पदमुक्त गरको छ। प्रदेश सरकारको बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले चौलागाईलाई पदमुक्त गर्ने निर्णय गरेको हो।
प्रदेश सरकारको प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेशका विभागीय मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरी काम गरेको बताएका छन्। उनका अनुसार- सोधेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नदिएको, पत्रकार सम्मेलन गरी परिषद्को आन्तरिक गोपनीयता भंग गरेको, परिषद्को स्वीकृति बेगर लोगो तथा स्लोगन सार्वजनीक गरेको, ऐन कानुनको बर्खिलाप स्वेच्छाचारी गतिविधि गर्दै गएको भन्दै चौलागाईलाई बर्खास्त गरिएको हो।
चौलागाईं २०७८ जेठ २७ गते बसेको मन्त्रिपरिषद्को निर्णयबाट प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले युवा परिषद्को उपाध्यक्षमा नियुक्त गरेका त्यसैगरि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शीत भण्डारसम्बन्धी कार्यविधि र प्रदेश खेलकुद विकास नियमावली पारित गरेको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















