नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ, नेपाल काभ्रेले एमसिसि विरुद्ध बनेपामा हस्ताक्षर संकललन गरेको छ । एमसिसि अनुदान संझौता राष्ट्रघाती भएको भन्दै संघले हस्ताक्षर संकलन कार्यक्रम सञ्चालन गरेको हो ।

हस्ताक्षर संकलन अभियान कार्यक्रमको उदघाटन गर्दै युवा संघ नेपालका केन्द्रीय सचिव भेषराज शाहले एमसीसी राष्ट्रघाती रहेको बताउँदै यसको विरुद्ध एकभइ लाग्न सबैलाई आव्हान गरे ।

‘एमसीसी राष्ट्रको हितमा छैन् । एमसीसी विरूद्ध ब्यापक जनसमर्थन जुटान आवश्यक छ । म सबैलाई आग्रह गर्न चाहान्छु, जनस्तरबाट यसको विरूद्धमा गरौँ ।’ सचिव शाहले भने, ‘नेताहरूलाई खबरदारी गरौँ । जनस्तरबाट दबाव सिर्जना गरियो भने नेताहरू पछिहट्न बाध्य हुन्छन् ।’

हस्ताक्षर संकलन अभियान कार्यक्रममा युवा संघ नेपालका स्थायी कमिटी सदस्य समिप त्रिपाठी, युवा संघ नेपाल काभ्रे जिल्ला कमिटी अध्यक्ष प्रताप लामा, सचिब जयराम केसी लगायत पदाधिकारी थिए । संकलन अभियानमा हजारौं जनाले हस्ताक्षर गरेको जिल्ला अध्यक्ष प्रताप लामाले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।