जिल्ला निर्वाचन कार्यालय, काभ्रेले सरकारले घोषणा गरेको आगामी बैशाख ३० गते हुने निर्वाचनको तयारी गरेको छ । जिल्ला निर्वाचन आयोगले शुक्रबार धुलिखेलमा निर्वाचन सन्चालन तथा व्यवस्थापनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरि उक्त कुराको जानकारी दिएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निर्वाचन सम्बन्धी एकिकृत सुरक्षा कार्ययोजना तयार पारेको बताइन् । यस्तै, जिल्ला निर्वाचन अधिकृत उमेश राईले मतदाता परिचयपत्र हराएको, नष्ट भएको वा प्रयोग गर्न नमिल्ने अवस्था भएमा वडा कार्यालयको सिफारिस सहित जिल्ला निर्वाचन कार्यालयमा फागुन २० भित्र निवेदन दिन आग्रह गरेका छन् ।

काभ्रेमा मतदाताको सख्या करिव ३ लाख पुग्ने निर्वाचन कार्यालयले अनुमान गरेको छ । अहिले निर्वाचन आयोगमा फोटो सहितको नामावली दर्ता गर्ने मतदाताहरु अद्यावधिक गर्ने कार्य भईरहेको कार्यालयले जनाएको छ ।

सरकारले निर्वाचन घोषणा गरेको दिनसम्म १८ वर्ष पूरा भएका मतदाताहरुले स्थानीय तहको निर्वाचनमा भाग लिन पाउनेछन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।