काभ्रे जिल्लाको ‘कर्णाली’ भनेर चिनिने महाभारत गाउँपालिकामा अब अस्पताल बन्ने पक्का भएको छ । वडा नं. ८, घर्तिछापमा बन्न लागेको उक्त अस्पतालको बागमती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री रत्न ढकाल र महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले संयुक्तरूपमा शिलान्यास गरेपछि अस्पताल बन्ने पक्का भएको हो ।
शिलान्यास गर्दै मन्त्री ढकालले समृद्ध महाभारत बनाउने अभियानमा आफु सुरुदेखि नै महाभारतबासी जनतासँगै रहेको बताउँदै सधैंभरि साथमै रहने प्रतिबद्धता जनाए । दोस्रो कर्णालीको रुपमा रहेको महाभारत दोस्रो दार्जीलिङको रुपमा विकास हुँदै गरेको ढकालले दावी गरे ।
‘महाभारत भन्ने बित्तिकै मान्छेको दिमागमा दोस्रो कर्णाली, अति दुर्गम ठाउँ भन्ने आउछ, तर यहाँको विकासको गति हेर्ने हो भने यो क्षेत्र दोस्रो दार्जिलिङको रुपमा विकास हुँदैगरेको महसुस हुनेछ ।’ उनले भने, ‘यस क्षेत्रको विकासको लागि मेरो ठाउँबाट जस्तोसुकै सहयोग गर्न तयार छु ।’
त्यस्तैगरि अस्पताल शिलान्याससंगै ८ नम्बर वडा कार्यलय हस्तान्तरण कार्यक्रममा बोल्दै
त्यसैगरि गाउँपालिका अध्यक्ष कान्छालाल जिम्वाले विगतमा जसरी महाभारतको जनताले एउटा सिटामोल खानाको लागि धुलखेल पुग्नुपर्ने परिस्थिति नरहने बताए । आफ्नै कार्यकालमा सुविधा सम्पन्न अस्पताल शिलान्यास गर्न पाउँदा गर्व लागेको बताउँदै जिम्बाले जनताको स्वास्थ्य प्रति आफू सधैं गम्भिर रहेको बताए ।
विगतमा महाभारतमा कुनै पनि ठुला राष्ट्रिय गौरवको आयोजना नभएको तर माओवादीको मन्त्री हुनेबित्तिकै त्यस क्षेत्रमा ४९ करोडको सडक कालोपत्रे काम सुचारु भइसकेको उनले बताए । महाभारतको सडकमा १ अर्व ४३ करोड लगानी लाग्ने भएकोले प्रदेश सरकारको क्याबिनेटबाट ५० करोड र संघबाट ५० करोड छुट्याउने गरि समापुरक अनुदानको लागि प्रदेश सरकारले नौ ओटा पालिका छनौट गर्दा महाभारत गाउँपालिकामा छनौटमा पार्छु भन्ने मन्त्री ढकालको प्रतिबद्धता प्रति जिम्बाले आभार र धन्यवाद प्रकट समेत गरे ।
महाभारत गाउँपालिकामा स्वास्थ्य, शिक्षा, सडक देखि खानेपानीसम्म विकासका पुर्वाधारहरुमा उल्लेखनीय सुधार र विकास भएको देखेर केही मानिसहरूले केपी ओलीले जसरी शिलान्यास मात्रै गरेको भनेर गाउँ गाउँमा केही विकास विरोधीहरुले भ्रम छर्दै हिडेकाले यस प्रति महाभारतबासी सचेत रहनुपर्ने अध्यक्ष जिम्वाले बताए ।
नेपाल सरकार र महाभारत गाउँपालिकाले ११ करोड १ लाख २६ हजार ६९७ रुपैयाँको लागतमा सो अस्पताल निर्माण गर्न लागेको उक्त अस्पताल १० शैयाको हुनेछ ।
सोही क्रममा महाभारत–८ घर्तिछापमा रहेको जनकल्याण माविको नवनिर्मित भवन उद्घाटन र वडा कार्यलय भवन समेत हस्तान्तरण गरिएको थियो
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















