वरिष्ठ लोक गायक जयनन्द लामाको निधन प्रति नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुक मार्फत अध्यक्ष प्रचण्डले लामाको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

‘आफ्नो उत्कृष्ट कला पस्केर नेपाली श्रोता अनि दर्शकलाई मनोरंजन प्रदान गर्नुहुने चर्चित गायक एवं चरित्र अभिनेता जयनन्द लामाको निधनको खबरले दुखित छु ।’ प्रचण्डले आफ्नो फेसबुक पेजमा लेखिएका छन्, ‘लोकप्रिय कलाकार लामा भौतिक रुपमा हामी माझ नरहेता पनि ‘कल्कत्ते काँईयो, चुँई चुँई चुँईकने जुत्ता, के को साँचो’ जस्ता उहाँका अनगिन्ति श्रृजनाहरु हाम्रा ओठहरुमा सदैव बसिरहनेछन् । हामी सम्झिरहनेछौं । कलाकार जयनन्द लामा प्रति भावपुर्ण श्रद्धाञ्जली ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।