काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. १ मा माओवादी केन्द्रको प्रथम सम्मेलन सम्पन्न भएको छ । शहिद साप्ताहको पहिलो दिन पारेर शनिबार सम्पन्न सम्मेलनले राजु लामाको अध्यक्षतामा वडा समिति गठन गरेको छ ।

सम्मेलनले उपाध्यक्षमा मित्रलाल तामाङ, सचिवमा जनक सिं तामाङ, कोषाध्यक्षमा संचबीर तामाङ चयन भएका छन् । सदस्यहरुमा निङमा तामाङ (आक्रोश), आशिष तामाङ, लालध्वज तामाङ, राजु तामाङ, सानू बिक, शुकबीर तामाङ, निमादोर्जे तामाङ, बिष्णु नेपाली, श्याम नेपाली, टुल्कु लामा, हेम बहादुर राना मगर, ज्ञाम्जो तामाङ, अशोक तामाङ, गोबिन्द राणामगर, कृष्ण बहादुर रानामगर, माईला तामाङ, रामकृष्ण रानामगर, कान्छा नेपाली रहेका छन् ।

त्यसैगरि सम्मेलनले योङ कम्युनिष्ट लिग, नेपाल वडा नं. १ समितिको अध्यक्षमा निङमा तामाङ (आक्रोश), उपाध्यक्षमा अक्कल बहादुर तामाङ, सचिबमा ज्ञाम्जो तामाङ, सदस्यहरुमा रिदम तामाङ, सुनिल तामाङ, सुबास तामाङ, राज कुमार तामाङलाई चयन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा माओवादी केन्द्रका काभ्रे जिल्ला इन्चार्ज तथा पूर्व उर्जाराज्य मन्त्री सूर्यमान दोङ (लालध्वज)को सहभागीता रहेका थिए भने अतिथिहरुमा प्रदेश कमिटी सदस्य दलमान थोकर, तेमाल गाउँ कमिटीका उपाध्यक्ष कल्पना लामा, वाइसिएल, नेपालका केन्द्रिय सदस्य अविलास तामाङ लगायतका सहभागीत रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।