नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य मेटमणी चौधरीले पूर्व मन्त्री एवं नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटालाई भ्रष्टचारीमा लिप्त भएको आरोप लगाउँदै आगामी निर्वाचनमा सबक सिकाउन आव्हान गरेका छन् । बाँस्कोटाको गुह नगर मण्डदेउपुर नगरपालिकामा एकीकृत समाजवादी निकट युवाहरुलाई सम्बोधन गर्दै नेता चौधरीले उक्त आव्हान गरेका हुन् ।

‘एमाले केपी ओलीको ब्यक्तिगत कम्पनीको हो, जनताको मतलाई कुल्चेर भष्टाचारमा तल्लिन गोकुल बाँस्कोटा जस्ता प्रवृत्ति भएका ब्यक्तिको निर्वाचन जित्ने सपना चकनाचुर हुनेछ ।’ चौधरीले भने, ‘गोकुल बाँस्कोटालाई आगामी निर्वाचनमा आफ्नो जमानत जोगाउन समेत म चुनौती दिन चाहन्छु ।’

बाँस्कोटाले आफ्नो जनमत जोगाउने हैसियत गुमइसकेको बताउँदै काभ्रेली जनताको हित विपरित भ्रष्टाचारमा लिप्त भएको बताए । ‘गोकुल बाँस्कोटाले आफ्नो जनमत जोगाउने हैसियत गुमाएका छन् । काभ्रेली जनताको हित विपरित भ्रष्टाचारमा लिप्त हुन बाँस्कोटालाई निर्वाचनमा गतिलो सबक सिकाउन जरुरी छ ।’ उनले भने, ‘७० करोड काण्डमा मुछिएका ब्यक्तिलाई जनताले साथ दिन हुँदैन् ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।