काभ्रे जिल्ला अदालतबाट कैद तथा जरीवाना ठहर भई फरार रहेका काभ्रेका २ जना पक्राउ परेका छन् । उनीहरुलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी हरि खतिवडाले जानकारी दिएका छन् ।
पक्राउ पर्नेहरुमा बनेपा नगरपालिका वडा नं. ६ का ३७ वर्षिय गोबिन्द भुजेल रहेका छन् । उनलाई उच्च अदालत पाटन ललितपुरले २०७७ साल पौष २३ गते २७ लाख जरिवाना र ५ दिन कैद सजायँ फैसला गरिएको थियो ।
त्यसैगरि चोरी मुद्दाका फरार प्रतिवादी मण्डनदेउपुर नगरपालिका वडा नं. १० का ४४ वर्षिय गणेश बहादुर तामाङ (लामा) रहेका छन् । उनलाई चोरी मुद्दामा भक्तपुर जिल्ला अदालतले २०५८ साल पौष ५ गतेका दिन १ महिना कैद सजायँको फैसला गरिएको थियो ।
पक्राउपरेका दुवैजनालाई फैसला कार्यन्वयनको लागि काभ्रे जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















