बन्द आव्हान गरिएकै दिन काभ्रे जिल्लाको बनेपा स्थित पुलबजारमा राखिएको शंकास्पद बस्तु नेपाली सेनाद्वारा ‘डिस्पोज’ गरेको छ । धुलिखेल स्थित कालिजंग गण सह–सेनानी अजय परियारको टोलीले उक्त वम डिस्पोज गरेको हो ।

विहानै देखि रोकिएका सवारी सधानहरु वम डिस्पोज गरे लगत्तै यातायात सुचारु भएको छ ।
दुइजना पक्राउ

यसैबीच बम राख्ने दुई जना प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा महाभारत गाउँपालिका वडा नम्बर ६ का युगान्त लामा र बिके सिंह रहेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोइरालाले जानकारी दिएका छन् । कोइरालाका अनुसार उनिहरुलाई सीसी क्यामेराको सहायतामा पक्राउ गरिएको हो । लामा र सिंहलाई बनेपाबाट पक्राउ गरेको जनाएको छ ।

एमसीसीको विरुद्धमा विभिन्न ८ राजनीतिक दलहरुले आज नेपाल बन्दको घोषणा गरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।