आठ कम्युनिष्ट पार्टीहरुले आव्हान गरेको बन्दको क्रममा सोमबार बनेपामा नक्कली बम राख्ने २ जनालाई काभ्रे जिल्ला अदालत पेश गरेको छ । जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी हरिखतिवडाका अनुसार पक्राउ परेको उनीहरुलाई सोमबार अदालतमा पेश गरेको हो ।
साविक बन्खु गाविस वडा नं. ५ तथा हाल महाभारत गाँउपालिका वडा नं. ६ लामाटोल बस्ने वर्ष २७ को युगान्त थिङ र सोही वडामा बस्ने वर्ष २२ को विकेश थिङ (तामाङ)लाई प्रहरीले पक्राउ गरिएको थियो ।
सोमबार विहान बन्दलाई प्रभावकारी बनाउने उद्देश्यले उनीहरुले विहान ७ः२० बजेको समयमा बनेपा नगरपालिका वडा नं. १० पुलबजार स्थित अरनिको राजमार्ग सडक खण्डको बिच भागमा रातो कपडामा नो एमसिसि, खतरा लेखि विष्फोटक पदार्थ जस्तो देखिने संकास्पद बस्तु राखिएका थियो ।
प्रहरीका अनुसार उनीहरुलाई विहान ११ः४५ बजेको समयमा बनेपा नगरपालिका वडा नंं. ७ स्थितबाट हिडिरहेको अवस्थामा पक्राउ गरिएको थियो । पक्राउ परेका उनीहरुलाई विष्फोटक पदार्थ सम्बन्धी कसुरको कृतिम विष्फोटक पदार्थ बनाउन वा प्रयोग गर्न नहुने कसूरमा जिल्ला अदालतबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















