काभ्रे जिल्लाको चौरीदेउराली–५ स्थित मादन कँुडारीमा जनयुद्धका क्रममा सहिद भएकाहरू शहिदहरुको शालिक अनावरण तथा शहिद तथा बेपत्ता योद्धाहरुको परिवारलाई अनुदान सहयोग वितरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले एक कार्यक्रमका बीच शहिदहरुको शालिक अनावरण तथा राहत सहयोग गरेका हुन् ।
जनयुद्धका क्रममा विभिन्न मोर्चामा शाहदत प्राप्त गरेको १० जनाको अर्धकदको शालिक निर्माण गरि शहिद पार्कको निर्माण गरिएको छ । प्रत्येक वडामा शहिद तथा बेपत्ता स्मृति पार्क निर्माण गर्ने गाउँपालिकाको योजना अनुसार यहाँ शहिद पार्क निर्माण गरिएको हो ।

बागमती प्रदेशकै सबैभन्दा बढी चौरीदेउराली गाउँपालिकाबाट २९ जना सहिद र ५ जना बेपत्ता पारिएको थियो । तीमध्ये चौरीदेउराली–७, मादनकुँडारीबाट मात्रै १० जना सहिद भएका थिए ।

सो क्रममा संघ सरकारका खेलकुदमन्त्री गहतराज र प्रदेश सरकारका खेलकुदमन्त्री रत्न ढकालले अनावरणसँगै सहिदको सालिकमा खादा, माला लगायत लगाएर सम्मान गरेका थिए । चौरीदेउराली गाउँपालिकाका अध्यक्ष दिननाथ गौतमले परिवर्तनका लागि बलिदान दिने सहिदहरुको सम्झना र सम्मान लागि सालिक निर्माण गरिएको बताए ।
सोही क्रममा गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाले शहिद तथा बेपत्ताका परिवारलाई मासिक २ हजारका दरले सहयोग वितरण गरेको छ । सहिद तथा बेपत्ता परिवारलाई आगामी दिनमा निरन्तर मासिक २ हजार रुपैयाँका दरले सहयोग प्रदान गर्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष दिननाग गौतमकोक अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य गंगाबहादुर तामाङ (बमध्वज), पूर्व उर्जा राज्यमन्त्री तथा सभासद सूर्यमान दोङ (लालध्वज), सभासद तथा बेपत्त योद्धाका परिवार रेणुका चौंलागाईं, सभासद तेजबहादुर मिजार, सुनपति गाउँपालिकाका अध्यक्ष तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य धावा लामा, माओवादी केन्द्रका केन्द्रिय सदस्य रुकु चौंलागाईं, माओवादी केन्द्र वागमती प्रदेशका सचिवालय सदस्य दैवलाल घिसिङ (अनुशिल), चौंरीदेउराली गाउँपालिकाका उपाध्यक्ष ताराकुमारी चौंलागाईं, सुनपति गाउँपालिकाका उपाध्यक्ष गीता बिष्ट, चौंरीदेउराली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महानदास लामा, गाउँपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरुको सहभागीता रहेको थियो ।
सबै वडाबाट स्थानीय जनताको बाग्लो सहभागीता रहेको सो कार्यक्रम ५ नं. वडा अध्यक्ष राजकुमार गौतमले सञ्चालन गरेका थिए भने स्वागत प्रवक्ता एवं ३ नं. वडा अध्यक्ष बिनोद घिसिङले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















