काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकामा बृहत निःशुल्क शिविर सञ्चालन हुने भएको छ । गाउँपालिकाको आयोजनामा समिट अस्पताल प्रा.लि. भक्तपुरको सहयोगमा शुक्रबार र शनिबार शिविर सञ्चालन हुने भएको हो ।

उक्त बृहत निःशुल्क स्वास्थ्य शिविर पालिकाको २ स्थानमा हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तेज घिसिङले जानकारी दिए । स्वास्थ्य शाखा प्रमुख घिसिङका अनुसार भोलि २०७८ फाल्गुन २० (शुक्रबार) वडा नं. ३ स्थित डिसिडब्लुसि अस्पताल नग्रे गगर्चे विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने छ ।

त्यसैगरि २०७८ फाल्गुन २१ (शनिबार) वडा नं. ६ मा रहेको प्रभा मावि, कात्तिकेदेउरालीमा विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने उनले बताए ।

शिविरमा हाडजोर्नी तथा नशा रोग, जनरल सर्जरी स्त्री रोग तथा बाँझोपन, छाती रोग, दन्त रोग र अन्य रोगहरुको चेकजाँच तथा उपचार हुने स्वास्थ्य शाखा प्रमुख घिसिङले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।