काभ्रे जिल्लाको महाभारत गाउँपालिकामा एकै साथ ३ वटा विद्यालयको भवन शिलान्यास भएको छ । विहिबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र पाण्डे, प्रदेशका युवा तथा खेलकुद मन्त्री मन्त्री रत्न ढकाल र महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले एकै साथ विद्यालय भवनहरुको शिलान्यास गरेका हुन् ।
गाउँपालिकाको वडा नम्बर ८ मा रहेको जनकल्याण माध्यमिक विद्यालय, वडा नम्बर १ मा रहेको गोकुले माध्यामिक विद्यालय र वडा नम्बर २ मा रहेको कालिदेवी माध्यामिक विद्यालय भवन शिलान्यास गरिएको थियो ।
विद्यालय भवन एसियाली बिकास बैंक (एडीबी), नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, केन्द्रीय आयोजना इकाई (सिएलपिआईयु) को आर्थिक सहयोग र महाभारत गाउँपालिकाको समन्वयमा निर्माण हुन लागेको हो ।
तीन वटा विद्यालयको नयाँ बन्ने भवनहरुमा ५४ कोठा हुने गाउँपालिकाले जनाएको छ । यस अघि महाभारत गाउँपालिकाले १० शैयाको अस्पताल भवन समेत शिलान्यास गरेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















