बसन्त लामा
बर्षौं देखि सोलर र टुकी बतीको भरमा जिबिका बिताई रहेको मकवानपुर जिल्ला बकैया गाउँपालिकाको वडा नबर १ मा रहेका १५० स्थानीयले बिजुली बत्ती बाल्न पाउने भएकाछन् ।

बकैया गाउँपालिकाको वडा नम्बर १ स्थित धियाँल डाँडा, आहाल डाँडा मोरोङगे, लुकुन्ट डाँडा, विजयबस्ती र धयरबास गरि १५० घरधुरीले बिजुली बत्ती बाल्न पाउने भएको हो ।
बिधुत प्राधिकरणले सो स्थानमा बिधुत प्रसारणको लागि २ करोड ६३ लाख बिनियोजन गरेपछि त्यस ठाउँमा अँध्यारोबाट स्थानीय मुक्त हुन लागेकोछ ।

टुक्की बती र सोलरबाट जिबिका बिताई रहेको अबस्थामा पैसा नै तिरेर भएपनि बिजुली बतीले सिंगो गाउँ नै झलमल हुने भएपछी स्थानीयमा खुशी छाएको स्थानीय नेत्र बहादुर थिंङ ले बताए ।
राजुवा निबासी गायक तथा सामाजिक अभियान्ता प्रतिक ब्लोनको पहलमा सिधै बिधुत प्राधिकरणको कार्यकारी प्रबन्ध निर्देशक कुलमान घिसिङसँग माग पत्र पेस गरेपछी बिनियोजन गरेको आर्थिकबाट त्यस ठाउँमा बत्ती बाल्न लागेको हो ।

आउँदो बर्षबाट बकैया गाउँपालिका कै चाँदी खोला पारि रहेको अन्तिम गाउँ बागफालमा पनि बिधुत लाइन् प्रशारण गर्ने अभियान्ता ब्लोनले बताए ।

बिधुत मात्र नभई खाने पानीको अतिनै समस्या झेलिरहे धियाँलमा खाने पानिसँग आबद्ध रहेको संघसंस्थासँग सहकार्य गरेर खानेपानीको सहज बाताबरण को लागि पहल गरिने समेत बताए ।

राजुवा निबासी प्रतिक ब्लोन गायक र समाज अभियान्ता मात्र नभई नेकपा (माओबादी केन्द्र) वडा कमिटिको अध्यक्ष समेत रहेको र बिकास लगायत स्थानीयलाई पर्ने समस्यामा साथ दिने व्यक्ति भनेर चिनिन्छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।