आफ्नो पिताको १४ औं स्मृतिको अवसर पारेर काभ्रेकै पुरानो विद्यालय आजाद माध्यमिक बिद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई स्वर्गीय रामचन्द्र कायस्थकी छोरी अनिला कायस्थले पोशाक वितरण गरेकी छिन् । बनेपा नगरपालिका वडाल नं. ५ निवासी अनिलाले आफू पढेको सो विद्यालयका शिसु कक्षादेखि ५ कक्षासम्मका विद्यार्थीलाई ‘ट्रयाक सुट’ वितरण गरेकी हुन् ।
उनले हरेक वर्ष बुबाको पुण्य तिथिको अवसरमा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सहयोग गर्दै आएकी छिन् । यस वर्ष आफ्नै विद्यालयका विद्यार्थीहरुलाई पोशाक वितरण गरेर सहयोग गर्न पाउँदा उनले खुशी व्यक्त गरिन् ।
विद्यार्थीहरुलाई पोशाक वितरण गरेकोमा विद्यालयका प्रधानाध्यापक राम नारायण श्रेष्ठले अनिलालाई धन्यवाद दिए । केही समय अघिदेखि विद्यार्थीहरुमा पोशाकको अभावले थरीथरीका पोशाक लगाएर आउने गरेको र अब एउटै थरीको पोशाक हुने भएकोले प्रधानाध्यापक श्रेष्ठले खुशी व्यक्त गरे ।
सोही क्रममा श्रेष्ठले सामुदायिक विद्यालयप्रति समाजको हेराइमा परिवर्तन आएकोमा खुशी व्यक्त गर्दै आम सचेत वर्गले यसैगरी चासो राखिदिने हो भने फेरि पनि सामुदायिक बिद्यालय अब्बल सावित हुने बिश्वास व्यक्त गरे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















