काभ्रेको महाभारत गाउँपालिकामा वागमती प्रदेशका तीन जना सचिवहरु एकैसाथ पुगेका छन् । जिल्लाकै विकट गाउँपालिकाको रुपमा रहेको सो गाउँपालिकामा वागमती प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सचिव यमलाल भुसाल, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव धनीराम शर्मा, भौतिक पूर्वाधार बिकास मन्त्रालयका सचिव अशोक कुमार शाह खानेपानी उद्घाटन र सडक अनुगमन गर्न खानेपानी उ्दघाटन तथा सडक अनुगमन गर्न पुगेका थिए ।

सो अवसरमा प्रदेश सचिवहरु र गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले प्रदेश विशेष अनुदान अन्तर्गत आर्थिक वर्ष २०७७÷०७८ को बजेटबाट निर्मित बालखोप खानेपानी योजनाको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

खानेपानी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वागमती प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव शर्माले कल लागतमा छोटो समयमा नै योजना सम्पन्न गरेकोमा गाउँपालिकालाई धन्यवाद दिएका थिए । खानेपानी आधारभूत आवश्यकता भएकोले प्रदेश सरकारले खानेपानी विशेष रुपमा हरेको समेत शर्माले बताए । ‘यहाहरुले छनौट गरेको आयोजना हो । हामीले बजेट ब्यबस्थापन गरेर साझेदारी मात्र गरेका हौ ।’ उनले भने, ‘६२ लाख लागत स्टामेट भएको योजना ४६ लाखमा निर्माण गरेर मितव्ययीता अप्नाउनु भो । कैयौं आयोजनाहरुलाई पैसा दियौ तर काम बनेको छैन तर यहाँ कम लागतमा छिटो निर्माण सम्पन्न गरेको छ । खुशी लाग्यो ।’

सोही क्रममा गाउँपालिका अध्यक्ष जिम्बाले आफ्नो गाउँपालिकामा ३ जना सचिव एकैचोटि अनुगमनमा आएकोमा खुशी व्यक्त गर्दै अब खानेपानीको उद्घाटन शुरुवात भएको बताए ।

पानी मान्छेको जीवनसँग गाँसेको कुरामा जिम्मेवार बनेर बजेट ब्यबस्था गरेको गरेकोमा प्रदेश सरकालरलाई धन्यवाद दिंदै जिम्बाले बजेट व्यवस्था गर्न निक्कै समस्या भएको बताए ।

वडा नं. ६ का वडा अध्यक्ष रमेश लुंगेलीले आफ्नो वडाको जनताको खानेपानी समस्या समाधान गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै प्रदेश सरकार प्रति धन्यवाद व्यक्त गरे ।

वडा नं. ६ मा निर्माण सम्पन्न भएको उक्त खानेपानी योजनाबाट करिब ६० घरधुरीमा ’एक घर एक धारा‘ निर्माण भएको छ ।

खानेपानी उद्घाटन अघि सविचहरुको टोली र गाउँपालिका अध्यक्षको टोलीले वडा नं. १, ८, ६ का विभिन्न आयोजनाहरुको समेत अनुगमन गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















