अशाेक बुद्ध लामा

काभ्रे जिल्लाको रोशी गाउँपालिकाले आफ्ना आमाबुबाको हेरचाह गर्ने २४ जना असल सन्तानहरुलाई गाउँपालिकाले सम्मान गरेको छ । बुधबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष डिबी लामाले नगद, दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रमका अवसरका रोशी गाउँपालिका अध्यक्ष लामाले कुनै पनि ज्येष्ठ आमा–बुवा सन्तानको माया र उचित स्याहारबाट वञ्चित हुन नपरोस् भनि सन्तानलाई हौसला र प्रेरणा स्वरुप यो सम्मान गरेको बताए । ‘आफ्ना सन्तानबाट टाढा रहेर वृद्धा आश्रममा बस्नु नपरोस् र आफ्नो सन्तानको साथमा खुशीसाथ जीवनयापन गर्न सकोस् भन्ने उदेश्यले यस कार्यक्रमलाई निरन्तरता दिइएका हौं ।’ लामाले भने ।

आफ्नो आमा बुबालाई उच्च सम्मानका साथ हेरचाह, स्याहार गरेका असल सन्तानलाई रोशी गाउँपालिकाले नगद पुरस्कार सहित सम्मान गर्ने नीति बनाएको थियो । पालिकाको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत रहेको ‘श्रवण कुमार’ सम्मान पुरस्कार दशौं गाउँसभाको अवसरमा प्रदान गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख प्रज्वला राईले जानकारी दिइन् ।

यी हुन् राेशीका ‘श्रवणकुमारहरु’

‘श्रवण कुमार’ पुरस्कारबाट पुरस्कृत हुनेहरुमा वडा नम्बर १ बाट शान्तिमाया लामा र शान्तमाया लोप्चन, वडा नम्बर २ बाट सूर्यमान लामा र प्रकाश बोहोरा, वडा नं. ३ बाट शिवराम श्रेष्ठ, भगवान वडा नं. ४ बाट पेमलाल कायस्थ, ढक बहादुर मगर, वडा नं. ५ बाट रावत लामा, सानु कान्छा लामा ६ बाट कान्छा राम तामाङ र निलम महर्जन, वडा नं. ७ बाट उमेश गौतम, राधिका मैनाली, वडा नं. ८ बाट आमै रानी तामाङ, तेज बहादुर ठकुरी, वडा नं. ९ बाट रित बहादुर पुलमी, पुष्पराज शाह, वडा नं. १० बाट कृष्ण बहादुर र प्रवलराज सापकोटा वडा नं. ११ बाट सन्तमान तामाङ, पूर्ण कुमारी दमिनी १२ बाट पे्रम बहादुर तामाङ र सुरेन्द्र कुमार राय रहेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।