पत्रकार महासंघ काभ्रेको कार्यालय तोडफोड, महासंघद्वारा भत्र्सना

जिल्ला प्रहरी कार्यालय, काभ्रेको परिसारमै पत्रकार माथि प्रहरीले दुर्ब्यबहार गरेपछि काभ्रे जिल्लाका विभिन्न पत्रकार संगठनहरुले विरोध गरेको छ । धुलिखेल अस्पतालमा दुई बर्षिय बालकको उपचारको क्रमम निधन भएपछि उत्पन्न परिस्थितिको बारेमा समाचार संकलन गर्न जिल्ला प्रहरी कार्यालय, काभ्रेमा पुगेका दुईजना पत्रकार माथि प्रहरीले दुव्र्यबहार गरेको थियो ।

समाचार संकलनको लागि पुगेका ग्यालेक्सी फोके टिभीका काभ्रे सम्वादाता पुजन धिताल र सबैको समाचार डटकममा कार्यरत पत्रकार रवि धिताल माथि विहिबार प्रहरीले दुव्र्यबहार गरेको थियो ।

प्रहरीको ज्यादती विरुद्ध नेपाल पत्रकार महासंघ, काभ्रे शाखा, प्रेस सेन्टर नेपाल, काभ्रे शाखा, समाजवादी प्रेस संगठन, काभ्रे शाखा, आदिवासी जनजाति पत्रकार महासंघ काभ्रे शाखा र तामाङ पत्रकार संघ, काभ्रे शाखाले प्रेस विज्ञप्ति निकालेर विरोध गरेको छ ।

‘प्रहरीले समाचार संकलनका लागि पुगेका सञ्चारकर्मीको मोवाइल खोस्ने, भिडियो, फोटो खिच्न अवरोध गर्ने लगायतका कार्य गरेर प्रेस स्वतन्त्रता, अभिव्यक्तिको स्वतन्त्रता र जनताको सूचनाको हकमाथि समेत यो ब्यबहारले कुण्ठीत पार्ने प्रयास भएको हाम्रो ठहर छ ।’ तामाङ पत्रकार संघ काभ्रे शाखाका अध्यक्ष अञ्जली तामाङले जारी गरिएको प्रेस वक्तब्यमा भनिएकोछ, ‘त्यसैले पत्रकारद्वय पुजन धिताल र रवि धितालमाथि भएको दुव्र्यवहारको निश्पक्ष रुपमा छानविन गरि दोषीमाथि कडा कार्वाही गर्न र पत्रकारलाई स्वतन्त्रतापूर्वक समाचार संकलन गर्ने वातावरणको प्रत्याभूति गराउन सम्बन्धित पक्षसँग माग गर्दछ । यदि यो न्यायपूर्ण मागलाई बेवास्त गरेमा हामी आन्दोलनमा उत्रिन बाध्य हुनेछौं ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।