काभ्रे जिल्लामा एमसिसि विरुद्ध भएको आन्दोलनमा पक्राउ परेका २ जना रिहा भएका छन् । आन्दोलनको क्रममा पक्राउ परेका युगान्त थिङ र विकेश थिङ धरौटीमा रिहा भएको हो ।
नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला नेता जितबहादुर लामाका अनुसार पक्राउ परेका थिङद्वय आज रिहा भएको थियो । उनीहरुको तर्फबाट अधिवक्ता कपिल चन्द्र पोख्रेल लगायतका ८ जना अधिवक्ताहरुले बहस गरेका थिए ।
उनीहरुलाई बनेपा स्थित पुलबजारमा कुकर बम राखेको आरोपमा पक्राउ गरेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















