नेपाल तामाङ घेदुङको नवौं संघीय महाधिवेशनबाट अध्यक्षमा फेरि मोहन गोले निर्वाचित भएका छन् । मङ्गलवार भएको निर्वाचनमा गोलेले ४०१ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी बेलीमाया लामाले १०७ मत ल्याएका छन् ।
यसै गरी सह अध्यक्षमा कुमार घिसिङले ३२१ मत ल्याई विजयी भएको छ भने प्रतिद्वन्द्वी मित्रसेन योन्जनले १४६ मत प्राप्त गरेका छन् ।
यसै गरी वरिष्ठ उपाध्यक्ष रामकृष्ण ब्लोन, उपाध्यक्ष सोमबले तामाङ, धर्म डुम्जन (लामा), सञ्चु ब्लोन, सिता गोले निर्वाचित भएका छन् ।
यस्तै महासचिव काजीमान तामाङ, उपमहासचिव जगतमान दोङ, हर्क तामाङ निर्विरोध निर्वाचित भएका हुन् ।
सचिवमा जयमान वाइबा, गोमानसिं तामाङ, बेलबहादुर लामा, कोषाध्यक्षमा रूप योञ्जन, सह–कोषाध्यक्षमा सावित्री तामाङ निर्वाचित भएका छन् ।
सदस्यहरूमा पदमबहादुर ग्याबक, गोपाल मोक्तान, विष्णु मोक्तान, दिलबहादुर तामाङ, पदम तामाङ, चन्द्रबहादुर तामाङ, धनबहादुर तामाङ, डम्बरी माया घिसिङ, कमला तामाङ, शारदामाया तामाङ, पाल्छाङ योञ्जन, जयमान पाख्रिन, भिमबहादुर घिसिङ, प्रेमध्वज लामा, लक्ष्मी वाइबा, राम्रीमाया तामाङ चयन भएका छन् ।
त्यस्तै दिनेशकुमार तामाङ, अमृत तामाङ, मीनबहादुर लामा, सुवास लामा, फुर्साङ तामाङ, सूर्य पाख्रिन, हिरालाल तामाङ, रोजबहादुर मोक्तान, सुवास लामा, निर्मलबहादुर तामाङ, मेम्बर बहादुर लो, दिना लामा, सङ्गीता तामाङ, पासाङडोल्मु तामाङ, उषा वाइबा, सितामाया तामाङ, अजय दोङ तामाङ, शुकदेव तामाङ, सुन्दर तामाङ, आशा तामाङ, वीरबहादुर तामाङ, कविराम तामाङ, जानुकला तामाङ, शान्त तामाङ, इन्द्रमाया लामा, लक्ष्मी पाख्रिन, सुनिता थोकर, निशा मोक्तान, श्रमिक लामा चयन भएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















