नेपाली काँग्रेस काभ्रेले आगामी बैशाख ३० गते हुने निर्वाचन केन्द्रित अभियानको थालनी गरेको छ । आइतबार पार्टीको केन्द्रिय सदस्य डा. रामशरण महतले ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ अभियान’ उद्घाटन गरेका हुन् ।
आइतबारबाट शुरु भएको अभियान जिल्लाको १३ वटै स्थानीय तहका १ सय तहका १३५ वडामा पनि सञ्चालन हुने जनाइएको छ । जिल्लाका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र र १३ स्थानीय तह सबैमा एकैसाथ अभियान सञ्चालन गरिएको जिल्ला सभापति तिर्थ लामाले जानकारी दिए । लामा अनुसार जिल्ला, सबै क्षेत्र तथा स्थानीय तहको पार्टी समितिका पदाधिकारी तथा सदस्य वडा स्तरमा गई काँग्रेसबाट स्थानीयवासीले चाहेको विषय, अप्ठ्यारा र वर्तमान स्थानीय तहको नेतृत्वले गरेको गतिविधिमा उनीहरुको धारणाका बारे घरघरमा गएर जानकारी लिइनेछ ।
अभियानमा जनजागरण कार्यक्रम सञ्चालन तथा सङ्गठनलाई जनस्तरसम्म पु¥याउने विशेष लक्ष्य रहेको बताइएको छ । अभियानका लागि पार्टी केन्द्रीय कार्यालयले केन्द्रीय सदस्य उर्मिला केसीलाई काभ्रे खटाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















