काभ्रेको चौंरीदेउराली गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता र अन्तर विद्यालय प्रतिभा पहिचान कार्यक्रम–२०७८ सम्पन्न भएको छ । कार्यक्रमको विहिबार वागमती प्रदेशका युवा तथा खेलकुकद मन्त्री रत्न ढकालले उद्घाटन गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले खेलकुद विकासमा आफू मन्त्री भएपछि गति लिएको बताए । मुलुकको पहिलो पटक प्रदेश स्तरीय खेलकुद प्रतियोगिताको आयोजना गरेको बताउँदै यसले अरु प्रदेशलाई पनि राम्रो सन्देश गएको र संघीय सरकारलाई समेत यसले दबाब सिर्जना गरेको बताए । एक अर्को प्रसंगमा ढकालले चौंरीदेउराली गाउँपालिकामा प्रदेशबाट अर्बौंको बजेट आएको दावी गर्दै अझ थप बजेट आउने जानकारी दिए ।

त्यसैगरी गाउँपालिका अध्यक्ष दिननाथ गौतमले विद्यार्थीहरुलाई खेलकुदमा समावेश गरेर गाउँपालिकालाई चिनाउन सफल हुनुपर्नेमा जोड दिए । बालबालिकाको प्रतिभा पहिचान गर्ने र प्रतिभाको सम्मान गर्न गाउँपालिकाले गम्भिर रुपमा लिएको बताए ।

कार्यक्रममा माओवादी केन्द्रका नेता विष्णु गौतम, एकीकृत समाजवादीका केन्द्रिय सदस्य मुकुन्द गौतम लगायतले सम्बोधन गरेको थियो । सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ताराकुमारी चौंलागाईं, प्रमुख प्रशासकीय अधिकृत महानदास लामा, वडा नं. ५ का वडा अध्यक्ष राजकुमार गौतम, १ नं. वडा अध्यक्ष राजु आले तामाङ लगायतका सहभागी रहेको थियो ।

कार्यक्रम उद्घाटनको पहिलो दिन अन्तर विद्यालय प्रतिभा पहिचान कार्यक्रम सम्पन्न भएको छ ।

कुन विद्यालय भयो उत्कृष्ट ?

अन्तर विद्यालय प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत गायन, चित्रकला र नृत्य रहेको थियो । सो प्रतियोगितामा गायन तर्फ वडा नं. ६ मा रहेको प्रभा मावि, दोस्रोमा वडा नं. ५ मा रहेको जागृति मावि र तेस्रोमा वडा नं. २ मा रहेको खाँडादेवी मावि भएको छ ।

त्यसैगरी नृत्यमा प्रथम वडा नं. ६ मा रहेको सुनकोशी आधारभूत विद्यालया, दोस्रोमा वडा नं. १ मा रहेको सूर्योदय मावि र तेस्रोमा वडा नं. ६ कै प्रभा मावि रहेको छ ।

चत्रकला प्रतियोगिता अन्तर्गत छात्र तर्फ पहिलो हुनेमा वडा नं. ३ मा रहेको पुष्पाञ्जली प्रावि, दोस्रोमा वडा नं. ५ मा रहेको जागृति मावि र तेस्रोमा वडा नं. ८ मा रहेको देउराली मावि भएको छ । त्यसैगरी छात्रा तर्फ प्रथम वडा नं. ५ मा रहेको जागृति मावि, दोस्रोमा वडा नं. ३ मा रहेको बुद्ध हिमालय मावि र तेस्रोमा वडा नं. ३ मा रहेको पुष्पाञ्जली प्रावि भएको छ ।

शिक्षा शाखा प्रमुख सरोज अधिकारीका अनुसार प्रतियोगितामा गाउँपालिका भरिका विभिन्न विद्यालयहरुबाट भाग लिएको थियो । अधिकारीका अनुसार कार्यक्रम चैत्र ५ गतेसम्म सञ्चालन हुने छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।