काभ्रे जिल्ला महाभारत गाउँपालिकामा रहेको एकीकृत अखिल नेपाल शिक्षक संगठनकाको दोस्रो गाउँपालिका सम्मेलन शुक्रबार सम्पन्न भएको छ । सम्मेलनले दिलकुमार दुलालको अध्यक्षतामा २१ सदस्यीय गाउँपालिका कमिटी चयन भएको छ ।

सम्मेलनले बरिष्ठ उपाध्यक्षमा मातृका प्रसाद खनाल, महिला उपाध्यक्षमा लक्ष्मी वाइवा, उपाध्यक्षमा सम्राट वाइवा, सचिवमा मोहनदास श्रेष्ठ, अर्थ सचिवमा रिल बहादुर बल, सह–सचिवमा पार्वती वि.क. निर्वाचित भएका छन् । सदस्यहरुमा प्रतिमा वि.क. सरस्वती योन्जन, ज्योती वहादुर वि.क., ग्याम्साङ स्याङ्तान, अमृता योन्जन, नारायण आले, शंकर मोक्तान, प्रेरणा लामा, कल्पना मोक्तान, विष्णु राना, प्रेम थिङ, फुलमाया वाइवा, सुर्य बहादुर सिंजाली, खिम प्रसाद खड्का रहेका छन् ।

कार्यक्रममा संगठनको केन्द्रीय उपाध्यक्ष एवं बागमती प्रदेश ईन्चार्ज दुर्गा सिं लामा, माओवादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य एवं काभ्रे जिल्ला संयोजक मिमबहादुर वाइबा (ज्वाला), महाभारत गाउँपालिका ईन्चार्ज सुजन लामा, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा (संसार), वाइजिएल जिल्ला संयोजक ङेमासाङ योन्जन (प्रदिप), संगठनका हिस्टुन विभागका काभ्रे जिल्ला ईन्चार्ज गिरिराज महराको सहभागी थियो ।
कार्यक्रम पदम प्रसाद तिमल्सिनाको सभापतित्वमा र दिलकुमार दुलालको संचालनमा भएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।