काभ्रेको मण्डनदेउपुर नगरपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लेखिएको पत्रकोबारेमा स्पष्टीकरण दिएको छ । नगरपालिकाले विभिन्न कार्यमा अनियमितता गरेको भनि समाजिक सञ्जाल, केही मिडियाले प्रचार गरेपछि स्पष्टीकरण दिएको हो ।

नगर प्रमुख टोकबहादुर वाइबा, नगर प्रवक्ता डिल्लि प्रसाद आचार्य, लेखा समिति संयोजक नेत्रप्रसाद ढकाल, लेखा समिति सदस्यहरु माधव प्रसाद न्यौपाने र भुवन प्रसाद बजगाईंले हस्ताक्षर गर्दै गलत प्रचारको खण्डन गरेका छन् ।

नगरपालिकाको विरुद्ध आयोगमा उजुरी परेपछि आयोगका तर्फबाट सोधपुछका क्रममा गरिएको पत्राचार मात्र भएको र सोको जवाफ दिईसकेको खण्डनमा उल्लेख छ । साथै यस्ता निराधार हल्लाका भरमा कुनै पनि कर्मचारी, जनप्रतिनिधी तथा सर्वसाधारणहरुलाई निरासा तथा हतोत्साही नहुन र कुप्रचार गर्नेहरुलाई नियम संगत ढंगले आफ्ना जिज्ञासाहरु भएमा सम्बन्धित निकायमा सोधपुछ गरी सचित भई उत्तेजनामा नआउन तथा भ्रम नछर्न अनुरोध अनुरोध गरेको छ ।

यस्तो छ स्पष्टीकरण

हालै यस मण्डनदेउपुर नगरपालिका तथा जनप्रतिनिधिहरुलाई जोडेर सामाजिक सञ्जालहरुमा विभिन्न टिका टिप्पणी भएको र कुनै पनि प्रमाणित नभएको कुरालाई लिएर जनमानसमा भ्रम फैलाउने गरि कुप्रचार गरेको कुरामा यस नगरपालिका तथा जनप्रतिनिधिहरुको ध्यानाकर्षण भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट मिति २०७८र०१र२३ गते यस नगरपालिकाको नाममा पत्राचार भएको यथार्थ हो ।

सो पत्रको विषयमा माग गरिए बमोजिम राय तथा प्रतिक्रिया समयमा नै उपलब्ध गराई सकिएकोमा लगभग एक वर्ष अगाडिको पत्रमा उल्लेख भएको कुरालाई लिएर यथार्थमा नै अनियमितता भएको हो भनेझै गरि प्रचार गरिएकोले उक्त कुरा अप्रमाणित र उजुरी परेपछि आयोगका तर्फबाट सोधपुछका क्रममा गरिएको पत्राचार मात्र भएको व्यहोरा सम्पूर्णमा जानकारीका निमित्त अनुरोध छ । साथै यस्ता निराधार हल्लाका भरमा कुनै पनि कर्मचारी, जनप्रतिनिधी तथा सर्वसाधारणहरुलाई निरासा तथा हतोत्साही नहुन र कुप्रचार गर्नेहरुलाई नियम संगत ढंगले आफ्ना जिज्ञासाहरु भएमा सम्बन्धित निकायमा सोधपुछ गरी सचित भई उत्तेजनामा नआउन तथा भ्रम नछर्न अनुरोध गर्दछौ ।

साथै यस नगरपालिकाले तोकिएका विधि पद्दती तथा आर्थिक ऐन, नियम बमोजिम गरेका लोकप्रीय कार्यक्रमहरु स्वीकार गर्न नसकी राजनीतिक प्रतिसोधका कारण गलत समाचार सम्प्रेषण गरी जनप्रतिनिधि तथा कर्मचारीहरुको व्यक्तिगत चरित्र हत्या गर्न गरिएका विभिन्न कुप्रचारको भ्रममा नपर्न सम्पूर्णमा जानकारी गराउदै कुप्रचारीत गलत सूचनाको खण्डन गर्दछौं ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।